स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२६
- A
- A-
- A+
१. सप्तरी, बलान बिहुल गाउँपालिका- ४ बेल्ही-चन्ही सडक खण्डबाट स्रोत नखुलेको नेपाली
रुपैयाँ रु.१३,००,०००।– (अक्षरेपी
तेह्र लाख ), प्रदेश २-०१-००२ प ४४८१ नम्वरको मोटरसाइकल सहित
१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा
भगवानपुर गाउँपालिका-४ बस्ने बिजय कुमार
साहको छोरा अन्दाजि बर्ष २३ को हरीशंकर
कुमार साह रहेको छ । प्रहरी चौकी बेल्ही
सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त
मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम
रु.१००० को १२०० थान, रु.५०० को २०० थान गरी माथी उल्लेखित
जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।