अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-२७
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका वडा नं.
१४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको )
खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. २,८३,००,०००।- (दुई करोड तिरासी लाख ) बराबरको
समान सहित म.प्र.०३-००२ ख ४३४१ र म.प्र.०३-००२ ख ४४६३ नम्बरको दुई वटै ट्रक आइतबार
राति प्रहरीले नियन्त्रणमा लिएको छ । लिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी
गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको
उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान
सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व
अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।