लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२८
- A
- A-
- A+
१.
धनुषा, बिदेह नगरपालिका-१ महिनाथपुर
बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम
सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत
बिहार राज्य जिल्ला मधुवनी महिनाथपुर बस्ने रामगुलाम कामतको छोरा अनदाजि वर्ष २४
को धर्मेन्द्र कामत रहेका छन् । प्रहरी चौकी ठाडीझिझा धनुषाबाट खटिएको प्रहरीले
भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 B 9850 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।