फरार कैदी/बन्दी नियन्त्रणमा:-
२०८२-१०-२९
- A
- A-
- A+
१.
रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ४ चपुर
चौकबाट GEN-Z
को आन्दोलनको क्रममा कारागार कार्यालय जगग्नाथदेवल काठमाण्डौंबाट
फरार रहेका कैदी चन्द्रपुर नगरपालिका-४ टेकना टोल बस्ने अन्दाजि बर्ष २७ को सागर
खाती बि.क.लाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल
नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेश (क्षेत्र नं.४) सन्तपुर रौतहटबाट खटिएको
टोलिले गोप्य सुचनाको आधारमा निज लागूऔषध मुद्दाको फरार कैदीलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।