लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२९
- A
- A-
- A+
१.
पर्सा, पकहामैनपुर गाउपालिका-१
धोरेबाट बेवारिसे अवैध लागूऔषध गाँजा ११० किलोग्राम बुधबार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । अबैध रुपमा लागूऔषध गाँजा राखिरहेको छ भनी गोप्य सुचनाको
आधारमा प्रहरी चौकी धोरे पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा गई धिरेन्द्र यादव
र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेकजाँच गर्दा
११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित तिनवाट बोरा भित्र राखेको २४ वटा
पोका गरी जम्मा उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।