लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०१
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका-१७ दुई
नं. ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित
१ जनालाई बिहिबार बेलुँका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा
कल्याणपुर नगरपालिका-९ डुम्री बस्ने श्री प्रसाद यादवको छोरा बर्ष अन्दाजि २५ को
धर्मेन्द्र यादव रहेका छन् । सिमा शसस्त्र सुरक्षा बल गुल्म माडरबाट खटिएको
सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्रीलाई उक्त पदार्थ
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, मिर्चैया नगरपालिका-६
कटारी चौकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ सय ८०
मिलिग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
देश भारत बिहार राज्य सिपवल जिल्ला समनपुर ग्राम बिरपुर थाना बस्ने मोहमद अनरुलको
छोरा अन्दाजि बर्ष २१को मोहमद नजरुल मियाँ रहेका छन् । इलाका प्रहरी कार्यालय
मिर्चैयाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-१
पथलैया चेकपोष्टबाट प्रतिबन्धित औषधि ONREX- 100ml ४९
वटा बोतल सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
निजगढ नगरपालिका-९ बस्ने नखु लामाको छोरा बर्ष ३२ को मिलन लामा रहेका छन् । प्रहरी
चौकी पथलैया बाराबाट खटिएको प्रहरीले बिरगंजबाट हेटौँडा तर्फ जादै गरेको ना १ ज
८९८४ नम्बरको माईक्रो बसमा सवार निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।