प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाँदी जस्तो पदार्थ सहित मानिस नियन्त्रणमा

२०८२-११-०१

  • A
  • A-
  • A+
Share


१.      सर्लाही,मलंगवा नगरपालिका-८ गोरखकाली चोकबाट चाँदी जस्तो देखिने पदार्थ बिस्कुट थान १ (७१२ ग्राम) सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-२ बस्ने विनोद साह सोनारको छोरा अन्दाजि बर्ष २२ को विकास साह सोनार रहेका छन् । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 30 AN 7045 नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०१

  १.      सिरहा, सिरहा नगरपालिका-१७ दुई नं. ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित १ जनालाई बिहिबार बेलुँका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका-९ डुम्री बस्ने श्री प्रसाद यादवको छोरा बर्ष अन्दाजि २५ को धर्मेन्द्र यादव रहेका छन् । सिमा शसस्त्र सुरक्षा बल गुल्म माडरबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निज पैदल यात्रीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चौकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ सय ८० मिलिग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य सिपवल जिल्ला समनपुर ग्राम बिरपुर थाना बस्ने मोहमद अनरुलको छोरा अन्दाजि बर्ष २१को मोहमद नजरुल मियाँ रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-१ पथलैया चेकपोष्टबाट प्रतिबन्धित औषधि ONREX- 100ml ४९ वटा बोतल सहित १ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-९ बस्ने नखु लामाको छोरा बर्ष ३२ को मिलन लामा रहेका छन् । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले बिरगंजबाट हेटौँडा तर्फ जादै गरेको ना १ ज ८९८४ नम्बरको माईक्रो बसमा सवार निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२९

१.      पर्सा, पकहामैनपुर गाउपालिका-१ धोरेबाट बेवारिसे अवैध लागूऔषध गाँजा ११० किलोग्राम बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध रुपमा लागूऔषध गाँजा राखिरहेको छ भनी गोप्य सुचनाको आधारमा प्रहरी चौकी धोरे पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा गई धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेकजाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित तिनवाट बोरा भित्र राखेको २४ वटा पोका गरी जम्मा उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-२७

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको ) खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. २,८३,००,०००।- (दुई करोड तिरासी लाख ) बराबरको समान सहित म.प्र.०३-००२ ख ४३४१ र म.प्र.०३-००२ ख ४४६३ नम्बरको दुई वटै ट्रक आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । लिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।