लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०८
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-११ श्रीपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय ६०
मिलिग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला
नकरदेही थाना रक्सौल बस्ने अन्दाजि वर्ष २२ को बिकाश महतो रहेका छन् । वडा
प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउँदै
गरेको BR 05 BN 9190
नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
२.
सिरहा, लहान नगरपालिका-१० ग्रामिण चौक
नजिकैबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्राम र प्र.२-०१-००१ प ४४०९ मोटरसाइकल सहित ३ जनालाई बुधबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा सुखिपुर नगरपालिका-८ बस्ने मसिलाल
चौधरीको छोरी बर्ष अन्दाजि २१ की प्रिती कुमारी चौधरी, जिल्ला सप्तरी सुरुङगा नगरपालिका-५
कुशहा बस्ने बिलट चौधरीको छोरा अन्दाजि बर्ष २४ को भगवती चौधरी र जिल्ला सप्तरी
अग्निसाईर कृष्णसवरन गाउँपालिका-१ महुली बस्ने प्रमानन्द चौधरीको छोरा अन्दाजि
बर्ष १९ को शोभित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको
प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
महोत्तरी, बर्दिबास नगरपालिका-०१ ट्राफिक
प्रहरी कार्यालय अगाडीबाट अवैध लागूऔषध गाँजा ५ किलो ३० ग्राम सहित २ जनालाई
बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि. धनुषा छिरेश्वरनाथ नगरपालिका-०५
महेन्द्रनगर बस्ने अन्दाजि बर्ष ३६ को राम कैलाश अधिकारी र सोहि सोही स्थानमा
बस्ने अन्दाजि बर्ष ३३ को सुनिल ढुंगेल रहेका छन् । इलाका प्रहरी कार्यालय
बर्दिबास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो
शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलिले पूर्वबाट पश्चिम तर्फ आउँदै
गरेको प्र.२-०२-००३प. ५३० नम्बरको मोटरसाइकलमा
सवार निजहरुलाई उक्त पदार्थ र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ