श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-११-०८
- A
- A-
- A+
१. महोत्तरी,
मनरासिस्वा नगरपालिका-०३ सोनौल बजारबाट श्रोत नखुलेको रकम रु.११,५१,३००/-(एघार लाख
एकाउन्न हजार तिन सय) र म.प्र.०२-००९प.१५१७ नम्बरको मोटरसाइकल सहित २ जनालाई
बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला महोत्तरी सम्सी गाउँपालिका-७
बस्ने गौतम साह र निजको छोरा बर्ष ८ को छोटु कुमार साह रहेका छन् । जिल्ला प्रहरी
कार्यालय महोत्तरी र अस्थाई प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलिले
निजहरुलाई उक्त श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।