लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-०९
- A
- A-
- A+
१.
सप्तरी, बोदेबर्साइन
नगरपालिका-२ बैरियाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६०
मिलिग्राम सहित १ जनालाई शुक्रवार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
बोदेबर्साइन नगरपालिका-२ बैरिया बस्ने
उमेश यादवको छोरा अन्दाजि बर्ष २६ को निरञ्जन यादव रहेका छन् । जिल्ला
प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबर्साइन सप्तरीबाट खटिएको
संयुक्त प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।