लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट
लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल
शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै
गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई
देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा
लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी
कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
२. धनुषा,
जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित
ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।