फरार कैदी नियन्त्रणमा
२०८२-११-२५
- A
- A-
- A+
१.
सप्तरी, कञ्चनरुप नगरपालिका-०७ बलुवा स्थितबाट
GEN-Z को आन्दोलनको क्रममा झुम्का कारागार सुनसरीबाट फरार रहेका कैदी सप्तरी
कञ्चनरुप नगरपालिका-०६ घोघनपुर बस्ने बर्ष ४४ को डोरला भन्ने समिउल्लाह मियालाई
आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कारेयालय कञ्चनपुरबाट
खटिएको गस्ती टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा निज ज.ज.क.
मुद्दाको फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।