चाँदी जस्तो देखिने गहना सहित मानिस नियन्त्रणमा
२०८२-११-२५
- A
- A-
- A+
१.
सर्लाही,मलंगवा नगरपालिका-१२
चेक पोष्टबाट चाँदी जस्तो देखिने गहना ९१५ ग्राम ४५० मिलिग्राम सहित १ जनालाई
आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा
नगरपालिका-९ बस्ने कृष्ण साहको छोरा अन्दाजि बर्ष ५५ को गौरीशंकर साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल
तर्फ आउँदै गरेको निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।