प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-११-२७

  • A
  • A-
  • A+
Share


१.      पर्सा, छिपहरमाई गाउँपालिका-३ झलमझियाबाट अवैध लागूऔषध गाँजा १किलोग्राम सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ चार्गाहा बस्ने अन्दाजि बर्ष ६५ को जमुना राउत रहेका छन् । प्रहरी चौकी बुढगाई पर्साबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध  गाँजा १२ किलो २३० ग्राम सहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिपुर सिमरा उप-महानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने फह देवानको छोरा अन्दाजि वर्ष ३५ को फिरोज देवान र जिल्ला रौतहट गौर नगरपालिका-९ बस्ने समिम देवानको छोरा अन्दाजि वर्ष १९ को तरबेज आलम रहेका छन् । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी गस्ती टोलिले निजहरुलाई ग ६ प ८८५१ र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।