लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९
- A
- A-
- A+
१. सर्लाही,
लालबन्दी नगरपालिका-१२ पत्थरकोट जियाजोरको झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा १०
किलोग्राम, बा. ४७ प ४६६४ नं. को मोटरसाईकल सहित १ जनालाई बिहिबार राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ बस्ने अन्दाजी बर्ष २१ को
सोम बहादुर तामाङ्ग रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले
निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. महोत्तरी,
रामगोपालपुर नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा १०० किलोग्राम र DL-1Co
5869 नं.को कार बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र लागू औषध ब्यूरो शाखा कार्यालय
बर्दिवासबाट खटिएको प्रहरी संयुक्त टोलिले हरिणमरिणबाट ससौला तर्फ जादै गरेको कार
बाटोमा रोकि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, जनकपुर उपमहानगरपालिका-८ दुधमति खोलाबाट
अवैध लागूऔषध आईकफ सिरप १८ पिस, स्पासमो प्रोक्सिभेन ट्यावलेट ४१ पिस, नाईट्रोजेपाम
७७ पिस र गाँजा २ पुरीया ५० ग्राम, ज. १२ प ५२२५ नं. को मोटरसाईकल सहित २ जनालाई
बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर
उपमहानगरपालिका-२ बस्ने अन्दाजी बर्ष ४८ को राकेश तामाङ् र महोत्तरी पिपरा गाउँपालिका-७
बस्ने अन्दाजी वर्ष २६ को आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा,
प्रहरी चौकी बलबा र जिरोमाईलबाट खटिएको प्रहरी संयुक्त टोलिले उक्त लागू औषध सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।