लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०६
- A
- A-
- A+
१.
बारा, निजगढ नगरपालिका-९ बुद्ध
चौक स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३५० मिलिग्राम सहित १
जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-८
बस्ने मधु ठकुरीको छोरा अन्दाजि बर्ष २३ को सुमित ठकुरी रहेका छन् । इलाका प्रहरी
कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले निजलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, फतुवा विजयपुर नगरपालिका-५ सतपुर
टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ९२० ग्राम सहित २ जनालाई बिहिबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
रौतहट फतुवा विजयपुर नगरपालिका-५ सतपुर बस्ने अन्दाजि बर्ष ५० को तेजिलाल यादव र निजकोको छोरा अन्दाजि बर्ष
२२ को लालबाबु यादव रहेका छन् । इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया
रौतहटबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।