फरार कैदी/बन्दी नियन्त्रणमा
२०८२-१२-०६
- A
- A-
- A+
१.
सर्लाही, बागमती नगरपालिका-३ रायमाझी चोकबाट GEN-Z को
आन्दोलनको क्रममा कारागार कार्यालय जगग्नाथदेवल काठमाण्डौंबाट फरार रहेका कैदी सर्लाही
बागमती नगरपालिका वडा नं. ०१ बस्ने अन्दाजि बर्ष ५५ को श्याम थापा भन्ने सानु
कुमार थापालाई बिहिबार बेलुँका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको संयुक्त प्रहरी गस्ती
टोलिले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा निज कर्तव्य ज्यान तथा बिष्फोटक
पदार्थ मुद्धाको फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।