लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१०
- A
- A-
- A+
१.
सिरहा, गोलबजार नगरपालिका-४ निपाने
टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्राम २५० मिलिग्राम सहित
२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार
नगरपालिका-४ बस्ने शंकरलाल चौधरीको छोरा अन्दाजि बर्ष २५ को अनिल चौधरी र सोही
स्थानमा बस्ने जगदिश प्रसाद महतोको छोरा अन्दाजि बर्ष ३३ को बलिराम महतो रहेका छन्
। इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय
गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।