अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१०
- A
- A-
- A+
१.
धनुषा, मिथिला नगरपालिका वडा नं. १० लालगढ
रिफ्रेस सेन्टर स्थितबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको) हार्डवेयर, चकलेट,
टायर लगायतका खुद्रा सामानहरु अन्दाजि मुल्य रु. २६,६८,३६७।- (छब्बिस लाख अड्सट्ठी
हजार तीन सय सड्सट्ठी रुपैयाँ) बराबरको सामान सहित ना. ६ ख. ८५८६ नम्बरको डब्बा ट्रकलाई
सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट
खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट हेटौंडा तर्फ
जाँदै गरेको उक्त डब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक सामानहरु
भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।