लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२
- A
- A-
- A+
१. सर्लाही,
पर्सा गाउँपालिका-३ नारायणपुर स्थितबाट अवैध लागूऔषध स्पाम १३ ट्याब्लेट र स्पास्मो २ ट्याब्लेट सहित २ जनालाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने अन्दाजि
वर्ष २२ को रोशन मगर र सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को रोशन लामा रहेका छन्
। प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थहरु सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ
४० ग्राम १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर
त्रियुगा नगरपालाक-६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष ४२ को
गणेश कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहा र लागूऔषध
नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजलाई प्र.०१-०५-००२
प २०८७ नम्बरको मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।