अवैध समान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१२
- A
- A-
- A+
१.
पर्सा, वीरगं महानगरपालिका वडा नं. १४
गण्डक स्थितबाट अबैध भन्सार छलीका ( बिल बिजक भन्दा फरक भएको ) औषधी र टायल्स
लगायतका खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु.२,५२,१५,८२१।- (दुई करोड बाउन्न लाख
पन्ध्र हजार आठ सय एक्काइस) बराबरको समान सहित ना ३ ख ५६७५, म.प्र.०३-००२ ख ५०१३ र
म.प्र.०३-००१ ख ६४६७ नम्बरको ट्रकहरु मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी
चेकिङ टोलिले वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको
उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान
सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व
अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाईएको छ ।