लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५
- A
- A-
- A+
१. सप्तरी, अग्निसाईर कृष्णसावरण गाँउपालिका-१ घोघिदाहाबाट
अवैध लागूऔषध Diazepam- ७
पिस, IPPL- ७ पिस, Phenergan-९ पिस र स
६ प ९०३६ र को २९ प ६१०६ नं.को मोटरसाइकल सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका २ पररिया बस्ने मो. महिदिनको
छोरा अन्दाजी बर्ष ३६ को मो. मुस्ताक, सप्तकोशी नगरपालिका ८ ओद्राहा बस्ने राम
नारायण खंगको छोरा बर्ष अन्दाजी २३ को कृष्ण कुमार खंग, सोहि स्थान बस्ने अमिरकन
सरदारको छोरा बर्ष अन्दाजी २५ को राजकुमार बहदार, रुपनि गाउँपालिका ६ बस्ने दिल
बहादुर थापाको छोरा बर्ष अन्दाजी २२ को सितल मगर रहेका छन् । इलाका प्रहरी
कार्यालय महुलीबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।