प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-१६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, विरगंज महानगरपालिका-१६ शंकराचार्य गेट स्थितबाट अवैध लागूऔषध गाँजा ७ किलो ५०० ग्राम सहित ३ जनालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला बेतिया बस्ने सहजाद अंसारीको छोरा अन्दाजी बर्ष ३९ को जावेद अंसारी, सोहि स्थान बस्ने असगर अलिको छोरा अन्दाजी बर्ष २८ को गरीब महम्द र कामिल मियाँको छोरा अन्दाजी बर्ष २४ को महम्द रजिस रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-२२ अमलेखगंज चकरीबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रौतहट देवाहीगोनाही नगरपालिका ३ बस्ने बिन्देश्वर पासवानको छोरा अन्दाजी बर्ष ३५ को मनोज पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी गस्ति टोलिले उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

  १.      सप्तरी, अग्निसाईर कृष्णसावरण गाँउपालिका-१ घोघिदाहाबाट अवैध लागूऔषध Diazepam- ७ पिस, IPPL- ७ पिस, Phenergan-९ पिस र स ६ प ९०३६ र को २९ प ६१०६ नं.को मोटरसाइकल सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका २ पररिया बस्ने मो. महिदिनको छोरा अन्दाजी बर्ष ३६ को मो. मुस्ताक, सप्तकोशी नगरपालिका ८ ओद्राहा बस्ने राम नारायण खंगको छोरा बर्ष अन्दाजी २३ को कृष्ण कुमार खंग, सोहि स्थान बस्ने अमिरकन सरदारको छोरा बर्ष अन्दाजी ‍२५ को राजकुमार बहदार, रुपनि गाउँपालिका ६ बस्ने दिल बहादुर थापाको छोरा बर्ष अन्दाजी २२ को सितल मगर रहेका छन् । इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त लागूऔषध र मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१२

१.      सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुर स्थितबाट अवैध लागूऔषध स्पाम १३ ट्याब्लेट  र स्पास्मो २ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने अन्दाजि वर्ष २२ को रोशन मगर र सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को रोशन लामा रहेका छन् । प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थहरु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४० ग्राम १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालाक-६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष ४२ को गणेश कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजलाई प्र.०१-०५-००२ प २०८७ नम्बरको मोटरसाइकल र उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध समान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१२

१.      पर्सा, वीरगं महानगरपालिका वडा नं. १४ गण्डक स्थितबाट अबैध भन्सार छलीका ( बिल बिजक भन्दा फरक भएको ) औषधी र टायल्स लगायतका खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु.२,५२,१५,८२१।- (दुई करोड बाउन्न लाख पन्ध्र हजार आठ सय एक्काइस) बराबरको समान सहित ना ३ ख ५६७५, म.प्र.०३-००२ ख ५०१३ र म.प्र.०३-००१ ख ६४६७ नम्बरको ट्रकहरु मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले वीरगंजबाट पथलैया तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-१२-१०

१.      धनुषा, मिथिला नगरपालिका वडा नं. १० लालगढ रिफ्रेस सेन्टर स्थितबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा फरक भएको) हार्डवेयर, चकलेट, टायर लगायतका खुद्रा सामानहरु अन्दाजि मुल्य रु. २६,६८,३६७।- (छब्बिस लाख अड्सट्ठी हजार तीन सय सड्सट्ठी रुपैयाँ) बराबरको सामान सहित ना. ६ ख. ८५८६ नम्बरको डब्बा ट्रकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले बिराटनगरबाट हेटौंडा तर्फ जाँदै गरेको उक्त डब्बा ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक सामानहरु भएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१०

१.      सिरहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्राम २५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-४ बस्ने शंकरलाल चौधरीको छोरा अन्दाजि बर्ष २५ को अनिल चौधरी र सोही स्थानमा बस्ने जगदिश प्रसाद महतोको छोरा अन्दाजि बर्ष ३३ को बलिराम महतो रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले निजहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।