विभिन्न सरकारी कार्यालयहरुमा सक्रिय विचौलियाहरु नियन्त्रणमा लिएको सम्बन्धी प्रेस विज्ञप्ति ।
२०८२-१२-२४
- A
- A-
- A+
मधेश
प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु र अन्य सरकारी कार्यालयहरुबाट
सम्पादन हुने सेवा प्रवाह कार्यहरुमा सेवाग्राहीहरुलाई अनुचित प्रभावमा पारी विचौलियाको
भूमिका निर्वाह गर्ने व्यक्तिहरुले आर्थिक शोषण समेत गरेको जन-गुनासो प्राप्त भएको
सन्दर्भमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । यसै क्रममा मधेश प्रदेश
अन्तर्गतका विभिन्न सरकारी कार्यालय तथा सेवा केन्द्रहरुमा सक्रिय रही सर्वसाधारण
नागरिकहरुलाई भ्रममा पार्ने, छिटो
सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम लिने तथा सेवामा अनियमितता ल्याउने कार्यमा संलग्न जिल्ला
पर्सा यातायात व्यवस्था कार्यालय विरगंजबाट ४ जना, मालपोत कार्यालय विरगंजबाट ३
जना, जिल्ला रौतहट मालपोत कार्यालय गौरबाट ५ जना, मालपोत कार्यालय च.पुरबाट २ जना,
जिल्ला सर्लाही मलंगवा ट्रायल सेन्टरबाट २ जना, मालपोत कार्यालय मलंगवाबाट ९ जना,
जिल्ला धनुषाको विभिन्न सरकारी कार्यालयबाट ४ जना र जिल्ला सप्तरीको विभिन्न
सरकारी कार्यालयबाट ४ जना गरी हालसम्म ३३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ । सम्बन्धित निकायहरुसँग समन्वय गरी यस्ता
अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा नियन्त्रण प्रक्रिया समेत जारी
रहेको व्यहोरा जानकारी गराइन्छ ।
साथै आम नागरिकलाई सरकारी सेवा लिन जाँदा कुनै पनि विचौलियाको प्रलोभनमा नपर्न तथा यस्ता गतिविधिहरु देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अनुरोध गर्दछौं । कानून विपरीतका यस्ता कार्यहरुमा संलग्न जो-कोही माथि प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।