प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२५ किलो ग्राम लागू औषध गाँजा सहित १ जना मानिस पक्राउ

२०७९-०७-२२

  • A
  • A-
  • A+
Share

बारा, मिति २०७९/०७/२० गते अं. २१.०० बजेको समयमा इ.प्र.का. निजगढ, बाराबाट खटिएको प्रहरी टोली जि. बारा निजगढ न.पा.वडा न. १२ कुलिया स्थित पुग्दा प्रहरी टोलीलाई देख्नासाथ जि. बारा निजगढ न.पा. वडा न. १२ बारथली बस्ने बर्ष अ. ५८ को प्रेम बहादुर लो समेत ३ जना व्यक्तिहरू समेतले बोकी आएको लागू औषध गाँजा सहितको बोरा फाली भाग्न खोज्दा निजहरू मध्येका प्रेम बहादुर लो पक्राउ गरी निज समेतले बोकी आएको २ वटा बोरामा ७ किलोको दरले १४ किलो र एउटा बोरामा ११ किलो जम्मा २५ कि.ग्रा. लागू औषध गाँजा बरामद गरी पक्राउ परेका प्रेम बहादुर लो लाई सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी फरार रहेका २ जना व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्ने लगायतको अनुसन्धान कार्य भइरहेको ।

 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१७

१.    पर्सा, बिरगंज महानगरपालिका १३ पावरहाउस चौक स्थित ड्राईपोर्ट तर्फ जाने सडक खण्डबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ २.३२० ग्राम लागू औषध सहित बिरगंज महानगरपालिका २९  बस्ने बर्ष ६१ को ठाकुर प्रसाद साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी चेकिङ टोलिले प्रदेश २-०३-०२० प ८७२४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.    सप्तरी, राजगढ गाउँपालिका ३ झौहरा चोक स्थितबाट ५ किलो ग्राम लागु ओैषध गाँजा सहित महादेवा गाउँपालिका ८ बस्ने बर्ष २४ को देबेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१६

धनुषा, मिथिला नगरपालिका ९ बडहरी बजारबाट लागू औषध Exiplon Syrup 100 ml को १० बोतल र Nitravet-10 लेखिएको ३ वटा ट्याब्लेट सहित धनुषाधाम नगरपालिका ९ बस्ने बर्ष १९ को रामचन्द्र मण्डल र बर्ष २१ को सन्तोष मण्डल केवटलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय  ढल्केवर  र लागू औषध व्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट बडहरी बजार तर्फ आउँदै गरेको मधेस प्र.-०२-००६ प ६८६० नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा सोधपुछ गर्दा जिल्ला धनुषा मिथिला नगरपालिका ८ बडहरी खोलाको पूर्वी किनारा छेउको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला परेकोले लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०९-१६

सर्लाही, हरिवन नगरपालिका ६ चारली चोकबाट एकनाले लोड भरूवा बन्दुक थान -१, सोही बन्दुकमा लाग्ने बारुद ५० ग्राम र छर्रा बेरिङ ४७ पिस सहित हरिवन नगरपालिका ११ भेषराज टोल बस्ने बर्ष ३४ को जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका २ बस्ने बर्ष ३५ को रत्नलाल जिम्बालाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा घर्कौलीबाट ढुङग्रेखोला तर्फ जाँदै गरेको बा.२३ प.८८९ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा निजहरुलाई उक्त हतियार सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१२

जिल्ला, महोत्तरी सम्सी गाउँपालिका ६ सम्सी चोकबाट लागू औषध NITRAVET-10 -४ पत्ता (५७ पीस) र CARTSPAS १ पत्ता (८ पीस) सहित बर्दिबास नगरपालिका ८ बस्ने बर्ष २२ को प्रभास सापकोटा र जिल्ला काभ्रे नवबुद्ध नगरपालिका भकुण्डेबेसी घर बताउने बर्ष २४ को संदिप चिमोरियालाई बिहीबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ जाँदै गरेको ज १ ह ३९३१ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।