प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

९ जना फरार प्रतिवादी पक्राउ ।

२०७९-०९-२२

  • A
  • A-
  • A+
Share

रौतहट, सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका निम्न मुद्दाका प्रतिवादीहरुलाई मिति २०७९।०९।२० र २१ गते जि.प्र.का. रौतहट तथा मातहत ईलाका प्रहरी कार्यालय, राजपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मिति २०७९।०९।२१ गते सम्मानित अदालतमा पेश गरिएको ।

निम्नः-

१. लागत नं.२५४३ भएका फरार प्रतिवादी जिल्ला रौतहट राजपुर न.पा.वडा नं.१ पिप्रा भगवानपुर वस्ने वर्ष ४२ को लाल बाबु राय यादव ।

२. लागत नं.१८६८, कुटपिट तथा अंगभंग मुद्दामा भएका फरार प्रतिवादी ऐ.वस्ने वर्ष ६० को रामजी साह सोनार ।

३. लागत नं.६३१ भएका फरार प्रतिवादी ऐ.वर्ष ४८ को राम बाबु राय यादव ।

४. लागत नं.८७७, गाली बेईज्ती मुद्दाका प्रतिवादी वर्ष ७० को असर्फी ठाकुर लोहार ।

५. लागत नं.२१६९, लागु औषध मुद्दामा ८ दिन कैद र रु.२०००।- जरिवाना भएका फरार प्रतिवादी ऐ.वडा नं.२ वस्ने वर्ष ६० को धनई साह तेली ।

६. लागत नं.८१९ भएका फरार प्रतिवादी ऐ.वस्ने वर्ष ५१ को शेख वसी अखत्तर ।

७. लागत नं.८१९ भएका फरार प्रतिवादी ऐ.वस्ने वर्ष ६० को सफादत हजाम ।

८. लागत नं.८१९ भएका फरार प्रतिवादी ऐ.वस्ने वर्ष ७५ को शेख सहिद ।

९. सवारी ज्यान मुद्दामा १ महिना कैद भएका प्रतिवादी ऐ.राजदेवी न.पा.२ वस्ने वर्ष ४० को उदय प्रकाश महतो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०३

१.     सिरहा, कर्जन्हा नगरपालिका २ बन्दीपुर स्थित श्री फुलकुमारी माध्यामिक बिद्यालयको गेट अगाडीबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २८० मिलि ग्राम सहित जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ बस्ने बर्ष २० को रौसाद राईन, जिल्ला सिरहा कर्जन्हा न.पा. ३ बस्ने बर्ष २४ को समिर बोगटी र बर्ष २० को सरोज भन्ने शरद महरालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ पथलैया चोक स्थितबाट लागू औषध गाजाँ २६ के.जी. सहित देश भारत बिहार राज्य सुमौली बस्ने वर्ष ३० को दिपक चन्द्र देव र जिल्ला मकवानपुर राकसिरान न.पा.२ बस्ने वर्ष २८ को अन्जन शाहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ च ५७० नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०१

 १.      बारा, जितपुसिमरा उपमहानगरपालिका १ पथलैयाचोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १० पत्तामा ३०० पिस ट्याब्लेट सहित जिल्ला बारा आदर्शकोतवाल नगरपालिका ४ बस्ने बर्ष २३ को शोभरात्री मन्सुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट निजगढ तर्फ जाँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ देउरियाबाट अकवा जाने बाटोको हनुमान मन्दिर छेउमा बेवारिसे अवस्थामा रहेको चरेस जस्तो देखिने पदार्थ अं. २० किलो बराबरको सेतो बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा सोमबार राती प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोलि प्रहार गरी खुनखार डाँका नियन्त्रण
२०८१-०३-३१

महोत्तरी, सोनमा गा.पा.५ खैरवनी स्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट खुनखार डाँका जिल्ला सर्लाही लालाबन्दी न.पा.२ बस्ने अं.बर्ष ४० को विजेन्द्र पासवनलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट प्र.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले खुनखार डाँकालाई खोजतलास गर्ने क्रममा जम्का भेट भई डाँका गर्ने व्यक्ति भाग्न उम्कन खोज्दा नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोलि प्रहार गरी निज डाँका गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।