प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका समान पक्राउ

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

मिति २०७९/१०/११ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.४ मुसहर्बा स्थितमा ईलाका प्रहरी कार्यालय प्रसौनी  बाराबाट खटि गएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ नामथर वतन नखुलेको मानिसहरूले टाउकोमा बोकि ल्याउदै गरेको निम्न अबैध समानहरु गस्ति टोलिलाई देखेर फालि भागि फरार भएका उक्त समानहरु नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय प्रसौनी  बारामा ल्याई राखीएको ।

निम्न;-

१) Real me Earphane-60

2) Boat  Earphane-247 pic

3) Samsung 25 wpp Adoptor usb-c -15 pic

4) Cyomi (MAX-611) -wofer-17 pic

5) Cyomi (CYO-05-) -wofer-10 pic

6) APPLE USB-C 200W Power Adoptor-15 pic

7) boAt supper axtraa base head Earphane-40 pic

8) xiaomi power adoptor -82 pic

9) Earphane -210 pic

10) typ c to lightning -30 pic

11) काटेको सुर्ती-अ.३० के.जि.

१२) पतावला सुर्ती-अ.५० के.जि.

            जम्मा अन्दाजी मुल्य:-रु 200,000/- (दुइ लाख)

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२८

१. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ०५ स्थित डाँडाटोलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पद्धार्थ २१२ ग्राम सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका ०३ घर भई हाल लालबन्दी नगरपालिका वडा नं. ०५ स्थितमा बिगत ४ बर्ष देखी सेकेण्ड होम होस्टेल संचालन गरी बसेका अन्दाजी बर्ष ३४ को सुवास लमिछानेलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले लालबन्दीमा निर्माण भईरहेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा तलासी गर्दा उक्त घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो रंगको प्लाष्टिकमा प्याक गरी राखेको लागू औषध फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २. सर्लाही, बरहथवा नगरपालिका वडा नं.१२ स्थितबाट लागू औषध (प्लास्टिक सहित ३१ किलो ५९० ग्राम, प्लाष्टिक बाहेक ३१ किलो ४०० ग्राम) गाँजा, प्रदेश १-०२-०५२ प ३५०६ नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने टेक बहादुर ठोकरको छोरा अन्दाजी बर्ष २५ को मान बहादुर ठोकर र सोही स्थान बस्ने जित बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २९ को कान्छाराम स्याङतानलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएका गस्ती टोलीले लालदियर बाट धनगढा तर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलको पछाडी राखेको बोरामा र चालकले भिरेको झोलामा राखेको लागू औषध फेला पारी उक्त लागु औषध, मोटरसाइकल सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बिलबिजक भन्दा फरक भएको सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चेकप्वाईन्ट स्थितबाट बिलबिजक भन्दा फरक भएको खुर्सानी, मोबिल, सर्जिकल, पेन्ट, किट्नासक औषधी, चना, ईलेक्ट्रिकल, जुत्ता, टेपसोल, लिक्युड, मोबिल, मेडिसियन तथा जाली लगायतका) अन्दाजी रु.१,९४,४२,४१४।- (एक करोड चौरानब्बे लाख बयालिस हजार चार सय चौध) बराबरको सामान सहित ना ७ ख ९९९६, ना ७ ख ११७४, ना ६ ख २९१६ र प्रदेश ०२-०३-००१ ख ४४८५ नम्वरको ट्रकहरु शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ आउदै गरेको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा बोकेको सामानहरु बिलबिजक भन्दा फरक देखिएकोले उक्त सामानहरु सहित ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद रकमसहित मानिस प्रहरीको नियन्त्रणमा ।
२०८२-०८-२८

१.      रौतहट, मौलापुर नगरपालिका वडा नं. ०३ लालबकैया बाध स्थितबाट स्रोत नखुलेको नेपाली रकम रु.११,४७,०००।- (एघार लाख सर्चालिस हजार) नगद, मधेश प्रदेश ०३-०३३ प ३११० नम्बरको मोटरसाइकल सहित जिल्ला बारा सिमरौनगढ नगरपालिका ११ भवानिपुर बस्ने लक्ष्मि प्रसाद कलवारको छोरा अन्दाजी बर्ष ३६ को मुन्ना प्रसाद जैसवाललाई शुक्रबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी चेकिङ टोलिले हरनैया बाट देवाही तर्फ जादै गरेको उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको लेगाडमा झुण्डाएको झोलामा राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी, मोटरसाइकल सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध हतियार प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८

१.      सर्लाही, हरिवन नगरपालिका वडा नं. १ बेलडाँडा स्थितबाट भरुवा बन्दुक शुक्रबार दिउसो प्रहरीले फेला पारेको छ । जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं. १ बेलडाँडा बस्ने अन्दाजी बर्ष ४२ को सोम बहादुर ब्लोनलाई सोहि स्थान बस्ने भिम बहादुर वाईबाले पुर्व रिसिबीको कारण भरुवा बन्दुकको कुनाले प्रहार गरी ब्लोनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागि घाईते भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटि गएको प्रहरी टोलीले घट्नास्थलमा खोज तलास गर्दा कुटपिट गर्ने वाईबा फरार रहेको र निजले झाडिमा फालेको भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा फरार रहेको व्यक्तिलाई प्रहरीले खोज तलास तथा आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६

१    सिरहा, मिर्चैया नगरपालिका वडा नं. ७ छगरियाबाट लागु औषध ३.५ किलोग्राम गाँजा र बा ४२ प ४७७७ नम्बरको मोटरसाईकल सहित जिल्ला उदयपुर तापली गाउँपालिका वडा नं. २ लेखगाउँ नयाँ बस्ने नन्द बहादुर राईको छोरा अन्दाजी बर्ष ४८ को प्रेम बहादुर राईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उदयपुरबाट मिर्चैया तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममामा निजले पछाडि बोकेको भिर्ने झोलाबाट लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाईकल सहित   निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. पर्सा, ठोरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध ९१ किलोग्राम गाँजा बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर सुवर्णपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको ९/१० जनाको अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि गाँजा छाडि फरार भएकोले उक्त लागु औषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागुऔषध सोहि दिन दिउँसो प्रहरी चौकी बिजयबस्तिका प्रहरी टोलीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका पहरी कार्यालय ठोरी पठाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खुद्रा सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२६

१.      पर्सा, वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर हनुमान चौकबाट अन्दाजी मुल्य रु. १,८६,६१,९७९।– बराबरको बिल बिजक भन्दा बढि भएको खुद्रा सामानहरु सहित ना ८ ख ४५६३ र ना ८ ख २१०८ नम्बरको ट्रकहरु मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ जादैं गरेको ट्रकहरु माथी शंका लागि रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भएको खुद्रा समानहरु फेला पारी उक्त सामानहरु सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी बिहिबार बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।