प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भट्ठी नष्ट गरिएको

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

१.      सर्लाही, मिति २०७९।१०।२२ गते अं. १८:३५ बजेको समयमा प्र.चौ.गोडैता सर्लाहीबाट प्रहरी टोली खटिएको ५ जनाको टोलीले जि. सर्लाही गोडैता न.पा. ५ रामवन बस्ने नबल रायको खेतमा रहेको भट्ठीमा कच्चा पदार्थ अं. ३०० लिटर, तयारी मदिरा अं. १०० लिटर, रक्सी बनाउने मेशिन थान-१(नियन्त्रणमा) र जि. सर्लाही गोडैता न.पा. ११ बस्ने पबन चौधरीको भट्ठीमा कच्चा पदार्थ अं. ४०० लिटर, तयारी मदिरा अं. १०० लिटर  रक्सी भट्ठी, कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरि मदिरा बनाउने मेशिन एक थान नियन्त्रणमा लिईको ।

सम्बन्धित समाचार
पैसा र गाडी सहित मानिसहरू फेला परेको
२०८०-०२-२४

सर्लाही, मिति २०८०/०२/२३ गते अन्दाजी १७;१५ बजेको समयमा जिल्ला सर्लाही हरिवन न.पा.वडा न.११ स्थित खटिएको प्र.स.नि. को कमाण्डमा खटिएको ४ जनाको प्रहरी चेकिङ टोलीले आवत- जावत गर्ने मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्विम तर्फबाट शंकास्पद रुपमा आउदै गरेको NISSAN कम्पनीको MAGNITE लेखिएको सेतो सिल्भर रंगको बागमती प्रदेश -०१-०२६ च.०२९९ नम्बरको कारमा कार चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ३ बासामाडी बस्ने बर्ष ४० को हेमराज विश्वकर्मा, सोही कारमा सवार जिल्ला सुनसरी बरहाक्षेत्र न.पा.वडा न.०४ घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. काडाँघारी बस्ने बर्ष ३१ को मौसम मग्राती, सोही कारमा सवार जिल्ला सर्लाही बागमती न.पा.वडा न.०१ बस्ने बर्ष ३१ को दिपक तामाङ र जिल्ला खोटाङ रावावेशी गा.पा.वडा न.०४ बस्ने बर्ष ४४ को विमल तामाङ नाम थर वतन बताउने ब्यक्तिहरु सवार भई पुर्व तर्फ जादै गरेकोमा उक्त कारलाई रोकी निजहरुलाई नियन्त्रणमा लिई कार चेकजाँच गर्दा कारको पछाडी पट्टी डिकीमा कालो रंगको पछाडी भिर्ने झोला रहेको, उक्त झोला खोली हेर्दा झोला भित्र रबरले बाधेको Progressive Finance limited लेखिएको स्लिपले बेरिएको जम्मा नौ वटा विटोमा रु. १,००,०००/- को दरले जम्मा रू. ९,००,०००/- (नौ लाख ) र सानिमा बैक लिमिटेड लेखिएको स्लिपले वेरिएको जम्मा नौ वटा विटोमा रु १,००,०००/- को दरले जम्मा रू. ९,००,०००/- (नौ लाख) गरी जम्मा १८ वटा विटोमा जम्मा नेपाली रु. १८,००,०००/-  (अठार लाख)  फेला पारी उक्त रकम, मानिस र कार सहित ई.प्र.का.हरीवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

चोरीमा संलग्न मानिस पक्राउ
२०८०-०२-२४

सिरहा, मिति २०८०/०२/२३ गते राती अं.०३:३० बजे जिल्ला सिरहा नराह गा.पा.५ बर्छवा बस्ने शिव शंकर साहको घरबाट निजको स ६ प ५२३८ नं.को रातो रंगको डिष्कवर मो.सा. चोरी भएको र उक्त मो.सा.स्टार्ट नभए पश्चात ऐ.बस्ने दया शंकर यादवको ग्यारेजमा मर्मतको लागी देश भारत बिहार राज्य जि.मधुवनी कमलावारी ११ बस्ने बिशुन देव यादवको छोरा अं. बर्ष २० को सचिन कुमार यादवले (हाल नराह गा.पा.५ दिदी भिनाजुको घरमा बस्दै आएको) ल्याएको भन्ने जानकारी निज ग्यारेज साहुले ऐ.०५:०० बजे ई.प्र.का.नराह सिरहामा फोन मार्फत जानकारी गराउना साथ ई.प्र.का.नराह बाट प्र.ना.नि.को टोली खटी गई निजलाई उक्त मो.सा. समेत पक्राउ गरी अनुसन्धान गर्दा निजले ऐ. बस्ने दिलिप कुमार यादवको बा ६ च ४८१ नम्बरको कारको सिसा र लक समेत फुटाएको भनी खुल्न आएकोले निजलाई ई.प्र.का. नराहमा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०२-२४

पर्सा, मिति २०८०।०२।२३ गते अं. २१:०५ बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय विरगंज पर्साको  संयुक्त टोलीले नेपाल भारत आवतजावत गर्ने सवारी साधन तथा मानिसहरु समेतको चेक जाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट नेपालको बिरगंज बजार तर्फ २ जना पुरुष मानिस पैदल यात्री जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२३ बस्ने तेज वहादुर कुँवरको छोरा वर्ष ३१ को सागर विक्रम कुँवर र ऐ.ऐ.बस्ने जय कुमार विश्वकर्माको छोरा वर्ष ३८ को राजिव विश्वकर्मा  माथी शंका लागी चेकजाँच गर्दा निज सागर विक्रम कुँवरको साथबाट  लागु औषध PHENARGUN १५० एम्पुल, DIAZEPAM १५० एम्पुल र NOOPHIN१५० एम्पुल समेत गरी जम्मा ४५० (चार सय पचास) एम्पुल र निज राजिव विश्वकर्माको साथबाट लागु औषध PHENARGUN २८ एम्पुल, DIAZEPAM २८ एम्पुल र NOOPHIN २८ एम्पुल समेत गरी जम्मा ८४ (चौरासी) एम्पुल समेत फेला परेकोमा उक्त लागु औषध समेत निजहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी  व.प्र.का.विर्ता पर्सामा पठाईएको ।

विलविजक भन्दा बढिको सामान बोकेको ट्रक सामान सहित नियन्त्रण
२०८०-०२-२४

बारा, मिति २०८०/०२/२३ गते अं.२३:४५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-२१ स्थित ई.प्र.का. अम्लेखजंगको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ४ जनाको चेकिङ टोलीले विशेष सुचनाको आधारमा पथलैयाबाट हेटौंडा तर्फ जाँदै गरेको ना ८ ख २७१९ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा सटेस्नरी, टायर, ईलेक्ट्रिक लगायत विभिन्न किरानाका खुद्रा सामानहरु विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ९,२४,०००/- (नौ लाख चौबिस हजार) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का. अमलेखगंज बारामा ल्याई राखेको । साथै मिति २०८०/०२/२३ गते अं. २१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.-०७ स्थित ई.प्र.का.जितपुर बाराको अगाडी प्र.ब.ना.नि.को कमान्डमा खटिएको ५ जनाको चेकिङ टोलीले विरगंबाट काठमान्डौ जाँदै गरेको ना ३ ख ७८११ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा baby unseable product का सामान (बोतल, साबुन, स्याम्पु, बाम, काईयो, कप, कटन रुई, ब्रस टाउकोमा लगाउने तेल) विलविजक भन्दा बढिको बोकेकोले अं. मुल्य रू. ६८,५५,०१५/- (अढसट्ठि लाख पच्पन्न हजार पन्ध्र) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई ई.प्र.का.जितपुरमा बारामा ल्याई राखेको ।

फरार प्रतिवादी पक्राउ
२०८०-०२-२४

१.      , मिति २०८०/२/२३ गते अं. १३: ३० बजेको समयमा  भएको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी लागत नं. ९२३, लागत कसेको मिति २०६८/१२/३ र लागेको कैद ९ वर्ष ८ महिना भएको  जिल्ला बारा फेटा गा.पा. ६ पुरैनिया बस्ने आसमहम्द मुसलमानलाई  सि.प्र.चौ.छतवा बाट प्र.ह. को कमाण्ड खटि गएको टोलिले निजकै घरमा फेला पारी पक्राउ गरी जि.प्र.का. बारामा बुझाएको साथै जिल्ला बारा बारागढी गा.पा.वडा नं.०४ सुखि  टोल  बस्ने सखिचन महराको छोरा अं.वर्ष ३७ को धर्मराज महरा वैकिङ्ग कसुर मुद्दाका फैसला भएको  फरार प्रतिवादी (सजाय १ महिना ५ दिन कैद र रु. १७,००,०००/- जरिवाना) लाई निजकै घरबाट फेलापारी नियन्त्रणमा लिई सु.प्र.वेश लंगडा चोक बारामा ल्याई राखेको, उक्त स्थानमा जि.प्र.का बारा बाट प्र.क. २ जनाको टोली ऐ.११; ४५ बजे खटिई गएको र ऐ. १२;१५ बजे पुगेको र सु.प्र.वेश लंगडा चोक बाराबाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली ऐ.१२;१५ बजे खटी गएको र ऐ. १२;२५ बजे नियन्त्रमा लिएको ।२.      सर्लाही, मिति २०८०।२।२३ गते अं.१३:४५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा.३ स्थित भक्तीपुरबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले फरार प्रतिवादीको खो.त गर्दै जाने क्रममा लागत नं.२४७७ कुटपिट मुद्दाको फरार प्रतिवादी ऐ.ऐ.३ बस्ने सुकदेब सहनीको छोरा बर्ष अं.५० को लक्ष्मी नारायण सहनी मलाहा र लागत नं.२८७७ कुटपिट मुद्दाको फरार प्रतिवादी निज सुकदेव सहनीको अर्को छोरा अं. बर्ष ५५ को पासपत सहनी मलाहालाई ऐ.१३;५५ बजेको समयमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीमा पठाएको ।  ३.      सर्लाही, मिति २०८०।०२।२३ गते अं. १२:३० बजेको समयमा जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने वेचु पासवानको छोरा श्याम पासवान गाली वेईजती मुद्दाको फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको । ४.      सिरहा, मिति २०८०।०२।२३ गते अं. १५;०० बजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने सन्ते महराको छोरा वर्ष अं. ३८ को राजा राम महरा, सवारी ज्यान मुद्दाका लागत नं. ४६१९, जरिवाना रू. २,०००/- (दुई हजार) तोकिएका फरार प्रतिवादीलाई ई.प्र.का.धनगढी सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला अदालत कार्यालय सिरहा पठाईएको ।   ५.      सिहरा, मिति २०८०।०२।२३ गते अं. १८;१० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ ट्राफिक चोक बस्ने राम सोभल यादवको छोरा वर्ष अं. २२ को रोशन कुमार यादव, चोरी मुद्दाका लागत नं. ५३७९, जरिवाना रू. २५,०००।- (पचिस हजार) र १७ दिन कैद तोकिएका फरार प्रतिवादीलाई जि.प्र.का.सिरहाबाट प्र.ह.को कमाण्डमा खटिगएको टोलीले पक्राउ गरि जि.प्र.का.सिरहामा ल्याई राखिएको । 

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू सहित ट्रक पक्राउ
२०८०-०२-२४

पर्सा, बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२३ गते राती अं.२२:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती स्थित सडकखण्डबाट ना.७ ख. ५८५२ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अ.मु.रु. २,५५,३२,७७४/- (दुई करोड पचपन्न लाख बत्तीस हजार सात सय चौहत्तर) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा मालसामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०२।२४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।              साथै मिति २०८०।०२।२४ गते वीरगञ्ज महानगरको सिमावर्ति क्षेत्रबाट चोरी पैठारीका खाद्यान्न तथा विभिन्न किसिमका लत्ताकपडाहरू अं.मू.रु. १,४०,५२५/- (एक लाख चालिस हजार पाँच सय पच्चीस) बराबरको मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी मिति २०८०/०२/२४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।