खोलाबाट अवैध वालुवा/ गिट्टी उत्खन्न गरि ल्याउने ९ वाट टिपर नियन्त्रणमा ।
२०७९-१०-२५
- A
- A-
- A+
धनुषा, मिति २०७९।१०।२४ गते १२;५० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा. ५ स्थित जलाद खोलाबाट अवैध बालुवा/गिट्टी उत्खनन् गरि ल्याई रहेको भन्ने गोप्य सुचनाको अधारमा व.प्र.का.रेल्वे र मुजेलियाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १ शहिद चोक र ऐ. १३ पिडारी चोक स्थितमा बेंगाशिवपुर तर्फबाट आउँदै गरेको बालुवा र गिट्टी लोड रहेको ना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, One test टिपर थान-१, प्रदेश ००१ ख १८९९, प्रदेश २-०३-००१ क १९७६, ना. ८ ख. २२० को टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाईएको ।