स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-२६
- A
- A-
- A+

पर्सा, मिति २०७९।१०।२५ गते । अं. २०:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ स्थित बिरगंज रक्सौल सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण बिरगंज पर्साबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्दा BR05AV6871 नं. को मो.सा. र BR05AV8967 नं. मो.सा. मा सवार भई भारतबाट नेपाल तर्फ आउदै गरेको देश भारत बिहार जिल्ला पुर्वी चम्पारण रक्सौल वडा नं. ११ बस्ने अ. बर्ष २६ को राकेश कुमार र ऐ. बस्ने अ. बर्ष २७ को फसंजित कुमार मानिसहरुले आफ्नो हेल्मेटमा लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली नगद रुपैया ९/९ लाख गरी जम्मा १८,००,०००।–(अठार लाख) र प्रतिबन्धित भारतिय रु ५०० दरको ४ थान गरी २०००।– (दुई हजार) बरामद गरी पैसा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा ल्याई बुझाएको ।