प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार देखाई लुटपाट गर्ने मानिस, नगद सहित नियन्त्रणमा ।

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

पर्सा,मिति २०७९।१०।२६ गते अ. ११.३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगर पालिका  वडा न.९ स्थित रेल्वे सडकमा ईनर्वा बाट बिरगज माईस्थान तर्फ आउने क्रमामा २ वटा मो.सा.मा आएका ३ जना ब्यक्तीहरुले म सवार मो.सा. छेकी मेरो साथमा रहेको  रू ६,५०,०००।– (छ लाख  पचास हाजार ) लुटपाट गरेको भनी मिति २०७९।१०।२७ गते  दिउसो  भारत जिल्ला मोतिहारी पुर्बी चाम्परण ग्राम नागारोड वडा न. ११ बस्ने बर्ष २१ को बिशाल कुमार पटवा  (पिडित) बाट जानाकारी प्राप्त हुनासाथ जि.प्र.का.पर्साबाट प्र.नि.को टोली   तत्कालै निजबाट प्राप्त सुचना र हुलियाको आधारमा संकितहरु खो.त. गर्दा बिरगंज स्थित बिभिन्न ठाँउबाट लुटपाटमा संलग्न भारत जिल्ला मोतिहारी पुर्बी चाम्परण ग्राम नागारोड वडा न. ११ बस्ने बर्ष २१ को बिशाल कुमार पटवा  (पिडित) लाई प्रहरी अनुसन्धान गर्न सहयोगको लागी नियन्त्रणमा लिएको, ऐ.वडा न. ७ बस्ने  बर्ष २४ को ययाम अंसारी, जिल्ला पर्सा बिरगंज महानगर पालिका बडा न . ४० बस्ने रोशन थापा, ऐ.ऐ. ११ बस्ने  बर्ष ४२ को मोजामिन मिया, ऐ.ऐ. बस्ने ३४ को शंतोस लामा, ऐ.ऐ.२४ को  रामगढवा बस्ने बर्ष ३४ को बिजय महतो  निजको  साथ बाट पेस्तोल ,गोली ५ राउण्ड  बरामद भएको, जि.बारा लिपनी गा.पा.वडान.३बस्नेबर्ष२०को नबाब हुसेन मो.सा. ना.१९.प.२८०८,BR01CR2425 नम्बरको मो.सा. समेत नियन्त्रणमा  रहेको,  ऐ कलैया उ. न.पा. २३. बस्ने बर्ष २६ को मुकेश पटेल  मो.सा. नं. ना ६२ प १०० २२० cc को पल्सार मो.सा. समेत र जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.२ छप्कैया बस्ने जफरुल हुसेन अंसारीको छोरा वर्ष ३० को सदाफ अंसारी सहित ७  (सात ) जना ब्यक्ती हरुका साथै  लुटिएको रकम मध्ये नगद रू २,००,०००।– (दुई लाख ) र चाइनिज पेस्तोल जस्तो देखिने नाम नखुलेको पेस्तोल थान १ र ऐ. गोली  राउण्ड ५(पाँच ) समेत बरामद गरी  थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-०६

१.       सप्तरी, मिति २०७९/१२/०५ गते,  ६ वर्ष कैद रजरिवाना रु. १,१९,१८२.५०।-  भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी ई.प्र.का.कडरवोना सप्तरीमा पठाईएको ।२.       सिरहा, मिति २०७९/१२/०५ गते,  ज्यान मार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी ई.प्र.का. मिर्चैया सिरहामा ल्याई राखिएको । ३.       सिरहा, मिति २०७९/१२/०५ गते,  कुटपिट मुद्दाका १ वर्ष कैद र रु. ७२०/- जरिवाना रहेका ५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराउने कार्य भई रहेको ।

प्रतिबन्धित लागु औषध सहित दुईजना मानिस पक्राउ
२०७९-१२-०६

पर्सा, मिति २०७९।१२।०४ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाँउ स्थित धर्मकाँटा अगाडी पार्किङमा रहेको BR 07 GA 9691 नम्बरको मिनि ट्रकभित्र लागु औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.पर्साबाट प्रहरी उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटीइ गई उल्लेखित मिनि ट्रकलाई कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउँ बनाई लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा १४९ के.जी. फेला परेको हुँदा उक्त लागु औषध गाँजा, मिनि ट्रक र ट्रक चालक देश भारत राज्य मोतिहारी पुर्वी चम्पारण जिल्ला पोष्ट सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं. ११ बस्ने बर्ष २७ को ओम प्रकाश सिंह समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।    साथै, मिति २०७९।१२।०४ गते अं.२१:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा संकास्पदरूपमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ जाँदैगरेकोमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा उक्त ई-रिक्सा चालक जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १५ भिष्वा बस्ने बर्ष २०को  बलजित यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको हुँदा उक्त लागु औषध Onerex, ई-रिक्सा र ई-रिक्सा चालक बलजित यादव समेतलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याई लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।०५ गते पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको   ।