प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ. सहित मानिस नियन्त्रणमा

२०७९-११-१७

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०७९/११/१६ गते अं.२०;०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.२ जटही चेक प्वाइन्ट स्थितमा ई.प्र.का.लग्मा जटही धनुषाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट जनकपुर तर्फ आउदै गरेको पैदल यात्री जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ बस्ने विश्वजित कुमार राउतलाई चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तीभित्र  नाइट्रोभेट टेन ४पिस र exiplon ४ बोतल(१००ml)निजको साथबाट फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई  आवश्यक कारवाहीको लागी जि.प्र.का. धनुषामा ल्याई राखिएको ।

२.      रौतहट, मिति २०७९।११।१६ गते अं. १७;३०  बजेको समयमा जि. रौतहट गौर न.पा. ६ बसपार्क स्थित अ.प्र.पोष्ट,बसपार्कबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जि. रौतहट गरुडा न.पा. ९ बिर्ता बस्ने लाल मोहमद आलमको छोरा अं. बर्ष २२ को नाजिर आलमको साथबाट गाजा अं. २५ ग्राम र नाईट्रेजामपाम ४ पता ( ५९ पिस ) फेला परेकोले उक्त लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी जि.प्र.का. रौतहटमा पठाईएको ।

३.      बारा, मिति २०७९/११/१६ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.१ कल्याणपुर  सिमा स्थितमा बि.ओ.पि. मातहत एफ.ओ.बि. छतबाबाट खटिएका स.प्र.ना.नि.  र सिमा प्रहरी चौकी छतबा बाराबाट खटिएको सयुक्त टोलिले चेकजाच गर्ने क्रममा  भारतबाट  नेपाल तर्फ पैदल यात्रि जि. मोतिहारि नगरदेहि ग्राम पंचायतहरपुर  भकुराहि ११ बस्ने बर्ष अं २७ को सहजाद अंसारिलाई चेकजाँच गर्दा  प्रतिबन्धित लागुऔषध NOOPHIN-72 पिस, DIAZEPAM-70  पिस, PHENERGAN-71 पिस, र mobile  थान १सहित व्याक्ति नियन्त्रणमा लिई  ई.प्र.का प्रसौनिमा बुझाएको ।

४.      पर्सा, मिति २०७९।११।१६ गते अं. १ बजेको समयमा जि.प्र.का.पर्सा तथा मातहत समेतको वडा एरिया बाट बिभिन्न शिर्षकमा मुद्धा दर्ता भई फरार  रहेका १२ जना फरार प्रतिबादीहरु लाई जि.प्र.का.पर्सा तथा मातहत बाट पक्राउ गरी आबश्यक कारबाही भई रहेको । 

सम्बन्धित समाचार
बिलबिजक भन्दा फरक भएको सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२८

१.      बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०१ पथलैया चेकप्वाईन्ट स्थितबाट बिलबिजक भन्दा फरक भएको खुर्सानी, मोबिल, सर्जिकल, पेन्ट, किट्नासक औषधी, चना, ईलेक्ट्रिकल, जुत्ता, टेपसोल, लिक्युड, मोबिल, मेडिसियन तथा जाली लगायतका) अन्दाजी रु.१,९४,४२,४१४।- (एक करोड चौरानब्बे लाख बयालिस हजार चार सय चौध) बराबरको सामान सहित ना ७ ख ९९९६, ना ७ ख ११७४, ना ६ ख २९१६ र प्रदेश ०२-०३-००१ ख ४४८५ नम्वरको ट्रकहरु शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिशेष सुचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ आउदै गरेको ट्रकहरुलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा बोकेको सामानहरु बिलबिजक भन्दा फरक देखिएकोले उक्त सामानहरु सहित ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२८

१. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ०५ स्थित डाँडाटोलबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पद्धार्थ २१२ ग्राम सहित जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका ०३ घर भई हाल लालबन्दी नगरपालिका वडा नं. ०५ स्थितमा बिगत ४ बर्ष देखी सेकेण्ड होम होस्टेल संचालन गरी बसेका अन्दाजी बर्ष ३४ को सुवास लमिछानेलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले लालबन्दीमा निर्माण भईरहेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा तलासी गर्दा उक्त घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो रंगको प्लाष्टिकमा प्याक गरी राखेको लागू औषध फेला पारी उक्त लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २. सर्लाही, बरहथवा नगरपालिका वडा नं.१२ स्थितबाट लागू औषध (प्लास्टिक सहित ३१ किलो ५९० ग्राम, प्लाष्टिक बाहेक ३१ किलो ४०० ग्राम) गाँजा, प्रदेश १-०२-०५२ प ३५०६ नम्बरको मोटरसाइकल सहित जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने टेक बहादुर ठोकरको छोरा अन्दाजी बर्ष २५ को मान बहादुर ठोकर र सोही स्थान बस्ने जित बहादुर स्याङतानको छोरा अन्दाजी बर्ष २९ को कान्छाराम स्याङतानलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएका गस्ती टोलीले लालदियर बाट धनगढा तर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलको पछाडी राखेको बोरामा र चालकले भिरेको झोलामा राखेको लागू औषध फेला पारी उक्त लागु औषध, मोटरसाइकल सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२६

१    सिरहा, मिर्चैया नगरपालिका वडा नं. ७ छगरियाबाट लागु औषध ३.५ किलोग्राम गाँजा र बा ४२ प ४७७७ नम्बरको मोटरसाईकल सहित जिल्ला उदयपुर तापली गाउँपालिका वडा नं. २ लेखगाउँ नयाँ बस्ने नन्द बहादुर राईको छोरा अन्दाजी बर्ष ४८ को प्रेम बहादुर राईलाई बिहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट फुलवरियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उदयपुरबाट मिर्चैया तर्फ आउँदै गरेको मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममामा निजले पछाडि बोकेको भिर्ने झोलाबाट लागु औषध फेला पारी उक्त लागु औषध र मोटरसाईकल सहित   निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. पर्सा, ठोरी गाउँपालिका वडा नं. ४ निर्मलबस्तीबाट लागु औषध ९१ किलोग्राम गाँजा बिहिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर सुवर्णपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले नेपाल बाट भारत तर्फ जादै गरेको ९/१० जनाको अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि गाँजा छाडि फरार भएकोले उक्त लागु औषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त लागुऔषध सोहि दिन दिउँसो प्रहरी चौकी बिजयबस्तिका प्रहरी टोलीले बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका पहरी कार्यालय ठोरी पठाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खुद्रा सामानहरु सहित ट्रकहरु प्रहरीको नियन्त्रणमा
२०८२-०८-२६

१.      पर्सा, वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर हनुमान चौकबाट अन्दाजी मुल्य रु. १,८६,६१,९७९।– बराबरको बिल बिजक भन्दा बढि भएको खुद्रा सामानहरु सहित ना ८ ख ४५६३ र ना ८ ख २१०८ नम्बरको ट्रकहरु मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगंज बाट पथलैया तर्फ जादैं गरेको ट्रकहरु माथी शंका लागि रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भएको खुद्रा समानहरु फेला पारी उक्त सामानहरु सहित ट्रकहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी बिहिबार बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५

१.         धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ तरही स्थितबाट लागू औषध ७८ पिस I-pan-10 र १५ पिस Spasmo – Proxyvon plus गरी जम्मा ९३ पिस सहित जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. १३ रघुनाथपुर बस्ने शिव दयाल यादवको छोरा अन्दाजी वर्ष २५ को बैधनाथ यादवलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरी चेकिङ् टोलिले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम रितपुर्वक चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध फेला परेको हुँदा लागू औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको पैसा (रकम) सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

१. सिरहा, बरियारपट्टि गाउँपालिका वडा नं. २ स्थितबाट स्रोत नखुलेको नेपाली रकम नगद रु. ७,००,०००।– (सात लाख), BR32AW 8377 नं. को स्कुटी सहित जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका गडा नं. ३ बस्ने गणेशी महतोको छोरा अन्दाजी बर्ष ४६ को दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको स्कुटि रोकी चेकजाँच गर्दा स्कुटिको डिकीमा लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली पैसा फेला पारी उक्त पैसा, स्कुटि सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।