नक्कली नोट जस्तो देखिने बस्तु नियन्त्रण
२०७९-११-३०
- A
- A-
- A+
१. सर्लाही, मिति २०७९/११/२९ गते हरिवन न.पा. वडा नं. १० स्थित पुष्पान्जली Hotel को उत्तर तर्फ र पुर्व पश्चिम लोकमार्गको दक्षिण तर्फ नक्कली नोट जस्तो देखिने बस्तु फेला परेको छ भनि खबर यस का.मा खबर प्राप्त भए पश्चात यस का बाट प्र.नि . को कमान्डमा टोलि खटीगई हेर्दा केटा मानिसले साइडमा बोक्ने रातो रंगको झोलाभित्र रातो फेन्सि झोलामा राखेको नक्कली नोट जस्तो देखिने रू. १०००।– ( एक हजार) को दरले ५१ थान (एकाउन्न ) र नोट बनाउन प्रयोग हुने नोट साईजको सादा पेपर १२( बाहृ ) बन्डल फेला परेकोले बरामद गरी आवश्यक कार्वाहीको लागि प्र ई.प्र.का.हरिवन सर्लाहीमा ल्याई राखिएको ।