लागु औषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-१५
- A
- A-
- A+
१.
सप्तरी, मिति २०७९।१२।१४ गते अं. १७;१५ बजेको
समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. २ सितापुर टोल स्थित ऐ.ऐ. बस्ने
सुरेश कुमार ठाकुरको घरमा ऐ.ऐ. बस्ने लुडाई चौधरीको छोरा अं. बर्ष २९ को सुभाष
कुमार चौधरीले चोरी गरेको भनि स्थानियले समाति ई.प्र.का. महुलिमा जानकारी गराउन
साथ प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई सोधपुछ गर्ने क्रममा निज चोरले चोरी
गरेको सामान आफ्नो घर पछाडि रहेको आफ्नै बाँस घारीमा राखेको छु भनि स्वीकारेको
अधारमा उक्त स्थानमा प्रहरी टोलि खटि गई खो. त. गर्दा घाँसमा लुकाई छिपाई राखेको लिजेसिक
६६ पिस एम्पुल, डाईजेपाम ६७ पिस एम्पुल र फेनारगन ६६ पिस एम्पुल लागु औषध बरामद गरी निज सुभाष कुमार चौधरी
समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि ई.प्र.का. कंचनपुर सप्तरीमा पठाईएको ।
२.
सिरहा, मिति २०७९।१२।१४ गते अं.१४:००
बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १७ नयाँ रोड स्थितमा ई.प्र.का.माडर सिरहाबाट
प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल
यात्री जिल्ला सिरहा मिर्चैया न.पा. ५ बस्ने ढक्कर राउत यादवको छोरा अं.बर्ष ३४ को
बिजय कुमार यादवको साथ बाट Sildenafil citrate tab ip 100 mg- ९ पाता (४ पिस प्रति पाता, Tervinofine
Tablets – ९ पाता (६ पिस प्रति पाता) र Sildenafil Tablets -
१० पाता (४ पिस प्रति पाता) प्रतिवन्धित औषधी सहित पक्राउ गरी
आवश्यक कार्वाहीको लागी जि.प्र.का.सिरहा तर्फ पठाएको ।