कल सेन्टरबाट ९० थान कम्प्युटर सहित २३ जना मानिस पक्राउ
२०७९-१२-२१
- A
- A-
- A+
धनुषा,
जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ पिडारी चोक नजिक रहेको बिर बहादुर राउतको घरको
दोस्रो तल्लामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरेको छ भन्ने व्यहोराको गोप्य
सुचना प्राप्त हुन साथ मिति २०७९/१२/२०
गते अं.१६;०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय
धनुषाबाट प्र.ना.उ. सहितको टोली खटीई गई उक्त घरको दोस्रो तल्लाको कोठाहरूमा
कानूनी रित पुर्याई खानतलासी गर्दा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी ३० वटा
कम्प्युटरमा ईन्टरनेट जडान गरी काम गरिरहेको र ६० वटा तयारी अबस्थामा राखेको
कम्प्युटर समेत फेला पारी जम्मा ९० थान कम्प्युटर, २ थान
मोटरसाईकल समेत बरामद गरी उक्त कार्यमा संलग्न रहेका ९ जना महिला र १४ जना पुरुष
गरी जम्मा २३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप
अनुसन्धान कार्य भईरहेको र उक्त कल सेन्टरका मुख्य संचालकको खोजी तथा आवश्यक थप
अनुसन्धान समेत भईरहेको ।