फरार प्रतिवादी पक्राउ
२०८०-०१-०५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।०४ गते अ. १६:०० बजेको
समयमा जि.पर्सा पोखरीया न.पा.९ स्थितबाट कुटपिट चालु मुद्दाको अदालतबाट जरिवाना
रु. ४३३.३३ तोकिएका फरार रहेका प्रतिवादी ऐ. बस्ने जगरनाथ साह कानुको छोरा बर्ष ३८
को देवनाथ साह कानु भन्ने अशोक कुमार साह र ऐ. बस्ने ऐ. मुद्दाको अदालतबाट जरिवाना
रु. १००/- तोकिएका फरार प्रतिवादी ईनरदेव राउत कुर्मीको छोरा बर्ष ६४ को जमुना
राउत कुर्मी गाउँ घरमा डुलिरहेको छ भन्ने खबर गोप्य सुचनाको आधारमा ई.प्र.का. पोखरिया
पर्सामा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवश्यक
कार्वाहिको लागी पर्सा जिल्ला अदालत बिरगंज पर्सामा पठाएको साथै जिल्ला पर्सा
बिरगंज म.न.पा.९ बस्ने बैकिंङ कसुर सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी भगवान
प्रसाद सरार्फको छोरा बर्ष अं. २६ को अमन कुमार सरार्फलाई जि.प्र.का.पर्साबाट
खटिएको प्रहरी टोलिले ऐ. ऐ. स्थित रानिघाटबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जि.प्र.का.पर्सामा
ल्याई राखेको ।
२.
बारा, मिति २०८०।०१।०४ गते अं. १२:०० बजेको
समयमा जि. बारा जितपुर सिमारा उ.म.न.पा.१२ बस्ने बर्ष २४ को सुदिप चौधरी (चालु) डाँका
चोरी मुद्दाको फरार प्रतिवादीलाई बिशेष सुचानाको आधारमा प्र.स.नि.को टोलिले ऐ. ऐ.
१२ ब्रहम टोल स्थितबाट नियन्त्रणमा लिई ई.प्र.का. सिमरा पठाएको ।