ठगी मुद्दामा संलग्न १ जना मानिस नियन्त्रणमा
२०८०-०१-०६
- A
- A-
- A+
सिरहा, जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ३ खजनपुर बस्ने वर्ष ४५ को रामबाबु यादवसँग नगद रु.३,००,०००/- (तीन लाख) रकम लिएकोमा निज रामबाबु यादवले रू. ९,००,०००/- (नौ लाख) रुपैयाँको तमसुक कागज र ०-०-५ धुर जग्गा निजको श्रीमती ईन्द्रा देवी यादवको नाममा पास गराएकोमा केही समय पछि पिडितले निजलाई पटक-पटक गरी लिएको रकमको साँवा र ब्याज समेत चुक्ता गरी आफ्नो नामको कपाली तमसुक र जग्गा फिर्ता गरिदिनुहोस भन्दा विपक्षीले आज भोली फिर्ता गरिदिन्छु भनि फिर्ता नगरेकोले अन्तिम पटक मिति २०७९।११।१५ गते जहाँ जान्छौ जाउ, फिर्ता गर्दिन भन्ने जवाफ पाएपछि आफु ठगिएको महशुस गरी मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा ठगी मुद्दा शिर्षकमा जाहेरी दर्खास्त दिएकोमा उक्त जाहेरी दर्खास्त सोही दिन दर्ता भई उक्त घटनामा संलग्न प्रतिवादी रामबाबु यादवलाई मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट ठगी मुद्दामा मिति २०८०।०१।०४ गते देखि नै लागु हुने गरी दिन ७ (सात) को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।