नेपाली नक्कली नोट सहित मानिस नियन्त्रणमा
२०८०-०१-१२
- A
- A-
- A+
१.
महोत्तरी, मिति २०८०/०१/११ गते अ २२:४५ बजेको समयमा प्रहरी चौकी
मटिहानी महोत्तरीबाट प्र.ब.ह.को कामाण्डमा खटिएको गस्ती टोलिले जिल्ला महोत्तरी
मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित दसगजा नजिकै भारतबाट नेपाल तर्फ पैदल आउँदै
गरेको मानिसलाई शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी
मुसर्निया गा.पा. वडा नम्बर १ बस्ने श्रबण यादबको छोरा बर्ष १८ को कृष्ण कुमार
यादवको साथबाट नेपाली रू. १ हजारको नक्कली नोट थान १ एक फेला परेकोले निजलाई प्र.चौ.
मटिहानीमा ल्याई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि तालुक
जि.प्र.का.महोत्तरीमा पठाईएको ।