बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ
२०८०-०१-१७
- A
- A-
- A+
पर्सा,
बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक विरगञ्जबाट
रूपन्देहीतर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त भई जि.प्र.का.पर्साबाट खटिएको
प्रहरी टोलीले मिति २०८०।०१।१५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर
स्थित सडकखण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा
विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा
अ.मु.रू.६२,०८,५९३ ।-(बैसठ्ठी लाख आठ हजार पाँच सय त्रियान्वे ) बराबरको ट्रक र सो
ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान
तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१७ गते राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा बुझाइएको ।