जाली नोट सहित स्कारपिओ र २ जना मानिस नियन्त्रणमा
२०८०-०१-२१
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।२० गते अं. १६:३० बजेको
समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६ चालिसफिटे रोडमा मधेश प्रदेश प्रहरी
कार्यालय जनकपुर र जि.प्र.का.पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले
बसपार्क तर्फबाट प्रतिमा चोक तर्फ जाँदै गरेको भारतीय नं. BR 01 PG 6577 नं. को स्कार्पियो गाडीलाई रोकी शंका लागि चेकजाँच गर्दा उक्त गाडीमा नेपाली
नोट रू.१०००/- को दरले ४५० थान र रू.५००/-को दरले ७२ थान गरी जम्मा रू. ४,८६,०००/–
जाली नोट फेला परेकोले उक्त नं. को स्कार्पियो गाडी र चालक जिल्ला सर्लाही गोडैता
न.पा. वडा नं. १२ मधुवनी बस्ने आजनस सत्यराज सिंहको छोरा अं. बर्ष ३४ आनन्द बर्दन
सिंह र सोही गाडीमा सवार जि. बारा परवानीपुर गा.पा. वडा नं. ३ बस्ने छोटेलाल साहको
छोरा अं. बर्ष ३६ को ओम प्रकाश साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.
पर्सामा ल्याई राखिएको ।