प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०१-२६

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०१।२५ गते जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका ६६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।

२.      बारा, मिति २०८०।०१।२५ गते अं. ८:०० बजेको समयमा वन मुद्दाको फरार प्रतिवादी रू. ११,९७२/- (एघार हजार नौ सय बहत्तर) जरिवाना भएको जि.बारा करैयामाई गा.पा. ३ बजनि  बस्ने अं. बर्ष ५५ को रामबाबु केशरीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्र.चौ. गंजभवानिपुर बाराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई प्र.चौ. गंजभवानिपुर बारामा ल्याई राखिएको ।

३.       बारा, मिति २०८०।०१।२५ गते अं.०८:०० बजेको समयमा लागु औषध मुद्दाको फरार प्रतिवादी जि.बारा पचरौता न.पा.७ बेनौलि बस्ने वंकालाल साहको छोरा वर्ष ३० को कृष्णा साहलाई  प्रहरी चौकी पिपरपाति बाराबाट खटिएको प्र.स.नि.को कमाण्डमाको टोलिले प्रक्राउ गरी तालुक ई.प्र.का.सिम्रौनगढ बारामा बुझाएको ।

४.      सर्लाही, मिति २०८०।०१।२५ गते अं. ०८:३० बजेको समयमा जिल्ला सर्लाही लालबन्दी न.पा.५ रंजितपुर बस्ने लोक बहादुर मगरको छोरा वर्ष २८ को सुबास मगर भन्ने धन बहादुर मगर मो.सा. चोरी मुद्दामा फरार रहेको प्रतिवादीलाई खोजतलासको लागी ई.प्र.का.लालबन्दी सर्लाहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले निज आफ्नै घरमा लुकि छिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.लालबन्दी सर्लाहीमा ल्याई राखिएको ।

५.      सिरहा, मिति २०८०।०१।२५ गते अं. ११:०० बजे प्र.चौ. लकडिगोठ सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३०४० जरिवाना रू. ८०/- कुटपिट मुद्दाका फरार प्रतिवादी जि.सिरहा सिरहा न.पा. १८ बस्ने अं. वर्ष ४१ को किशोर यादव भन्ने किशोरी यादवलाई निजकै घरबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको ।

६.      सिरहा, मिति २०८०।०१।२५ गते अं. ०६:०० बजे प्रहरी चौकी लहान सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.५५३६ जरिवाना ५ महिना ४ दिन कैद फैसला तोकिएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी जि.सिरहा लहान न.पा. १० बस्ने नन्दी पासवानको छोरा वर्ष अं.२६ को ईनर भन्ने ईन्द्र कुमार पासवानलाई लहान न.पा. १० पशुपती मा.बि. अगाडी हिंडडुल गरिरहेको स्थानबाट पक्राउ गरी तालुक ई.प्र.का. लहानमा बुझाईएको ।

७.      सिरहा, मिति २०८०।०१।२५ गते बिहान ११:३० बजेको समयमा जिल्ला सिरहा बिष्णुपुर गा.पा. १ स्थितमा ई.प्र.का.विष्णुपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको लागत नं. ७०९२ कुटपिट मुद्दामा रू.५०००/- (पाँच हजार)को दरले  जरिवाना भई फरार रहेका  जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा न. १ विष्णुपुर बस्ने देवनाथ यादवको छोरा वर्ष ४५ को राज देव यादव र जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा न. १ विष्णुपुर बस्ने देवनाथ यादवको छोरा वर्ष ३८ को  बिनोद यादव भन्ने कृष्ण देव यादव निजकै घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाएको ।

८.      सिरहा, मिति २०८०।०१।२५ गते १२:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा. ५ स्थितमा ई.प्र.का.मिर्चैया सिरहाबाट प्र.ब.ह. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको चलानी नं. १९१८०, मिति २०८०।०१।१५ गतेको पत्रादेशले लेन देन मुद्दामा २ बर्ष कैद सजाय भएका फरार प्रतिवादी  ऐ.ऐ. बस्ने गौरी साहको छोरा अं. बर्ष ६० को चन्देश्वर साह तेलीलाई ऐ. स्थितमा रहेको निजको किताब पसलबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा पठाइएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८१-०४-०९

१.     पर्सा, बिरगंज म.न.पा. वडा नं. १४ स्थितमा बिरगंज देखि हेटौडा नरायणघाट सम्म चल्ने यात्रु बाहक बसमा लागु औषध नाईट्राजेपाम ट्याबलेट ३४ पिस सहित जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वाड नं.१३ मगर टोल बस्ने जयराम आचार्याको छोरा अं.बर्ष १८ को रोनिल आचार्यालाई प्रहरी चौकी गण्डक बाट खटिएको चेकिङ्ग टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, बिरगंज म.न.पा. १६ फुलवारी टोल स्थित ला.औ.ओसार पसार गर्ने भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. पर्सा र ई.प्र.का. नगवाको सयुक्त टोलीले घर खानतलासी गर्ने क्रंम्मा लागु औषध ८ के.जी .२३७ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद सहित ऐ.ऐ. बस्ने बर्ष ६५ को आसिद मिया र बर्ष ४२ की कायमा खातुनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     पर्सा, बिरगंज म.न.पा.वडा  नं. २१ स्थित दिपक होटेलमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी परवानीपुर र लागु औषध नियन्त्रण व्युरो पर्सा बाट संयुक्त टोलीले चेकजाँच गर्दा लागु औषध नुफिन – ५४० एम्पुल , डाईजेपाम ५२४ एम्पुल, र फेनारागन ५२८ एम्पुल गरी  जम्मा १५९२ एम्पुल सहित देश भारत जिल्ला मोतिहारी घर भई रक्शौल वस्ने अं.वर्ष १९ को सोनु  कुमार सराफ र ऐ.ऐ. वस्ने  अं.वर्ष १८ को राज कुमार दास सहित निजहरुले प्रयोग गरेको BR-05 AJ 2109 नम्बरको सुपर स्पलेन्डर मो.सा. र  BR-05-BA 6282 नम्बरको मो.सा.२ थान र निजहरको साथ बाट फेला परेको मोबाईल सेट थान ३ (तिन) सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०७

१.     बारा, सिम्रौनगढ नगरपालिका ९ वसवरिया स्थितबाट लागू औषध Nitrovet Tablet-19 पीस, Tramadol Capsules-10 पीस सहित जिल्ला बारा आदर्श कोतवाल गा.पा. ४ चिउटाहा बस्ने वर्ष २० को जमसेद आलमलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट बसवरिया तर्फ आउँदै गरेको BR 05 L 6070 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     महोत्तरी, सम्सी गाउँपालिका ६ मस्जिद चोक स्थितबाट लागु औषध नुरफिन ईन्जेक्सन ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्रोभेट ट्याब्लेट ४ पिस, डाइजेपाम ४ पिस र १० लेखिएको खुल्ला ट्याब्लेट २ पिस सहित जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने वर्ष १७ को बिमल यादव र जिल्ला महोत्तरी पिपरा गा.पा.१ खैरवा बस्ने बर्ष १९ को निरज कुमार यादवलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारत बन्दहवाबाट सम्सी तर्फ आउँदै गरेको म.प्र.०२-००६ प १४६४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सिरहा, नबराजपुर गाउँपालिका ५ कुसण्डी स्थितबाट लागू औषध Diazepam Injection 2MI लेखिएको १०० एम्पुल, Buprenorehine Injection 2MI लेखिएको १०० एम्पुल, promethazine hybrochloride Injection 2MI लेखिएको १०० एम्पुल गरी जम्मा ३०० एम्पुल (Injection) सहित जिल्ला सिरहा नबराजपुर गा.पा. १ बस्ने बर्ष ४३ को श्याम सुन्दर यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको को.३ प. ५६०६ नम्बरको मोटरसाइकलमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

१.     पर्सा, बिरगंज महानगरपालिका २५ सिर्सिया स्थितबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ पुरिया (तौल नखुलेको), नाईट्राभेट-१० लेखिएको १६ पिस ट्याब्लेट र गाँजा ११ ग्राम सहित जिल्ला पर्सा बिरगंज महानगरपालिका १ बस्ने बर्ष १९ को रोहित साह तेलीलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले सिर्सिया स्थित भारतबाट छप्कैया तर्फ आउँदै गरेको अवस्थामा चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     पर्सा, बहुदरमाई नगरपालिका ९ बिश्रामपुर स्थितबाट लागू औषध गाँजा ५ किलो सहित सोही स्थान बस्ने बर्ष १६ को अमिरी साह गुप्तालाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बहुअर्वाभठाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ३.     सर्लाही, ईश्वरपुर नगरपालिका ७ स्थितबाट लागू औषध Nitravet-10 लेखिएको ९० ट्याब्लेट, Nitrazepam लेखिएको २२० ट्याब्लेट र CCTV थान २ सहित ईश्वरपुर न.पा. ९ रामनगर बस्ने वर्ष १९ को बिकी साहलाई शनिवार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध र CCTV सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ४.     सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चोक स्थितबाट लागू औषध गाँजा ५०० ग्राम सहित जिल्ला सिरहा मिर्चैया नगरपालिका ५ बस्ने बर्ष २८ को भोला पंजियारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८१-०४-०६

१.     सिरहा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल बस्ने बर्ष ५२ को बचाई महतोलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला सिरहा अर्नमा गाउँपालिका २ ब्रहमपुरी टोल स्थित मैनाबती खोलाको धारको चौरीमा सोही स्थान बस्ने बर्ष ५२ को बुधराम महतोलाई निज बचाई महतोले धारिलो हतियार प्रहार गरी घाँटी काटि कर्तब्य गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा औरही गाउँपालिका २ दरहैया स्थित नेपाल-भारतको सिमाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।