फरार प्रतिवादी नियन्त्रणमा
२०८०-०१-२७
- A
- A-
- A+
रौतहट, मिति
२०८०/०१/२६ गते अं.०८:३० बजेको समयमा जि.रौतहट गरुडा न.पा. ५ महम्दपुर बस्ने सवारी
ज्यान मुद्दाको प्रतिवादी चन्देव साहको छोरा बर्ष ४२ को बिन्देश्वर साह आफ्नै
गाँउघरमा लुकिछिपि बसेको छ भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडा
रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य
भइरहेको । साथै, जि.रौतहट कटहरिया न.पा.७ बगही बस्ने ज.ज.क.मुद्दाको प्रतिवादी भाग्य
नरायण साहको श्रीमती बर्ष २७ की रुपया देवी आफ्नै गाँउघरमा लुकिछिपि बसेको छ भन्ने
खबर प्राप्त हुनसाथ ई.प्र.का.शिवनगर रौतहटबाट प्र.स.नि.को कमाण्डमा महिला
प्र.क.सहितको प्रहरी टोली खटि गई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय शिवनगर
रौतहटमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
सिरहा, मिति
२०८०।०१।२६ गते १६;५० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा.११ स्थितबाट सिरहा
जिल्ला अदालतको फैसला मिति २०७१।१०।२७ गतेको पत्र सि.न.१३८ को लगत ४२६४ को नकबजनि
चोरी मुद्दामा १ बर्ष १५ दिन कैद
रु.१८,५६२,५० पैसा जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा साबिक कल्याणपुर न.पा.३
मझाव हाल कल्याणपुर न.पा.८ बस्ने बिन्देश्वर मण्डलको छोरा अ.बर्ष २६ को संतोष
कुमार मण्डललाई ई.प्र.का.कल्यानपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले
खो.त. गर्दै जाँदा निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा
राखिएको ।