लागू औषध गाँजा सहित ४ जना मानिस पक्राउ
२०८०-०२-०३
- A
- A-
- A+
बारा, मिति २०८०/०२/३ गते अं.०८:१५ बजेको समयमा जिल्ला
बारा निजगढ न.पा. ८ पुर्ब पश्चिम लोकमार्ग सडक खण्डको उनासी पुल स्थितमा इलाका
प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा
हेटौडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नं. को यात्रु बाहक बसलाई रोकी
चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको
अवस्थामा अवैध लागू औषध गाँजा १३ के.जी. ५०० ग्राम फेला परेको हुँदा उक्त बस
तथा लागू औषध गाँजा बरामद गरी उक्त वारदातमा संलग्न जि.मकवापुर मनहरी गा.पा. वडा
नं. ८ ज्यामिरे बस्ने अं.बर्ष ३४ को राजकुमार भने चन्द्र ब.मोक्तान, जि.झापा मेची
न.पा.६ शान्तिटोल बस्ने अं.बर्ष ४६ को शंकर दाहाल, ऐ.ऐ.वडा नं.७ बस्ने अं.बर्ष ३४ को
बिनोद कुमार पोखरेल र जि. रौतहट चन्द्रपुर न.पा.८ बस्ने अं.बर्ष २४ को अर्जुन गौतम
हरुलाई कानूनबमोजिम पक्राउ गरी लागू औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप
अनुसन्धान कार्य भइरहेको।