अवैध भन्सार छलीको स्याउ बरामद
२०८०-०२-०५
- A
- A-
- A+
१. सप्तरी, मिति २०८०।०२।०३ गते अं. २२:०० बजेको समयमा जि.सप्तरी बलानबिहुल गा.पा.४ बेल्ही स्थित ऐ.ऐ. बस्ने भुटकुन यादवको छोरा अं. वर्ष ३५ को सन्तोष यादवको पक्की घरमा सटर भित्र भन्सार छलि गरी अवैध रुपमा स्याउको काटुनहरू राखिएको छ भन्ने गोप्य सुचना प्राप्त भए पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्र.ना.उ.को कमाण्डमा खटि गएको प्रहरी टोलि र ऐ.ऐ. स्थित शसस्त्र प्रहरी क्याम्प बि.ओ.पि. बेल्ही सप्तरीको प्र.नि.को संयुक्त टोलिले उक्त स्थानमा खटि गई उक्त घर कर्डन गरी राखि मिति २०८०।०२।०४ गते अं. ११:५५ बजेको समयमा स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा कानुनी रित पुर्याई ढोका खोलि निज सन्तोष यादवको घरको गोदाममा स्टोर गरी राखिएको ३८५ (तीन सय पचासी) वटा काटुन स्याउ जम्मा ७७००( सात हजार सात सय किलो) प्रति के.जि. २५० को दरले मु.रु. १९,२५,०००/- (उन्नाई लाख पच्चिस हजार) बराबरको स्याउ भन्सार कार्यालय तिलाठि, सप्तरीमा बुझाएको ।