फरार प्रतिवादी पक्राउ
२०८०-०२-१८
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०२।१७ गते अं. ११:४५ बजेको समयमा जिल्ला सिरहा
धनगढीमाई न.पा. ८ कसहा चौक स्थितमा ई.प्र.का. धनगढी, सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले सम्मानीत जिल्ला अदालत सिरहाको लागत नं.
५००४ ठगी मुद्दामा ९ महिना कैद रु. ४८,०००।- जरिवाना तोकि फरार रहेका प्रतिवादी ऐ. धनगढीमाई न.पा.
९ चयनपुर बस्ने वर्ष ४० को महाविर साहलाई नियन्त्रणमा लिई तालुक ई.प्र.का. लहान
तर्फ पठाईएको ।
२.
सिरहा, मिति २०८०।०१।१७ गते १५:०० बजे जिल्ला सिरहा सिरहा न.पा. २१ लकडिगोठ बस्ने बर्ष ४०
को कैलाश कुमार यादव, मुद्दा नं. ०५५-C२-०००७ (विविध मुद्दा) मा सम्मानित जिल्ला सिरहा अदालत सिरहाबाट जरिवाना रु.
८,७४,८००/- (आठ लाख चौहत्तर हजार आठ सय) तोकिएको फरार प्रतिवादीलाई प्र.चौ.
लकडिगोठबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले निजकै घरबाट पक्राउ गरी जि.प्र.का.
सिरहामा बुझाइएको ।