प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

१.      पर्सा, मिति २०८०।०२।१८ गते जि.प्र.का. पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।

निम्नः-

सि.न.

पक्राउ गर्ने युनिट

प्रतिवादीको नाम, थर

ठेगाना

बुवाको नाम

मुद्धा शिर्षक

लागत नं.

कैद

जरिवाना

व.प्र.का.श्रीपुर

पुनम सिंह

जि.पर्सा बि.म.न.पा.वडा नं.१२

-

कुटपिट लुटपिट

६४२

-

रु.१०।-

व.प्र.का.श्रीपुर

पुनम सिंह

जि.पर्सा बि.म.न.पा.वडा नं.१२

-

जालसाजी

६५५

-

रु.१०।-

व.प्र.का.श्रीपुर

पुनम सिंह

जि.पर्सा बि.म.न.पा.वडा नं.१२

-

जालसाजी

६५६

-

रु.१०।-

व.प्र.का.बिर्ता

राधा कार्की

वीरगञ्ज-४

 

जुवा

१२२४

 

३००/-

व.प्र.का.बिर्ता

उषा देवी सुवेदी

वीरगञ्ज-६, पर्सा

 

जालसाजी

१५४९

 

२००/-

व.प्र.का.बिर्ता

वसिरुदिन अन्सारी

वीरगञ्ज-३, पर्सा

 

जालसाजी

१५७२

 

५/-

व.प्र.का.बिर्ता

वसिरुदिन अन्सारी

वीरगञ्ज-३, पर्सा

 

जालसाजी

१५४६

 

५/-

व.प्र.का.बिर्ता

सविता देवी कलवार

वी.उ.म.न.पा.-८ पर्सा

 

जालसाजी

२७३

 

२००/-

ई.प्र.का नगवा 

जोखन राउत

बि.उ.म.न.पा वडा १९

 

जालसाजि

२१२२

 

५२०/-

१०

अ.प्र.पो. सुर्जहाकट्टी

छोरासरोज कुमार गुप्ता भन्ने सरोज प्रसाद कलवार ।

कालिकामाई गा.पा. वडा नं.४

 

लुटपिट

१८२५

 

रु.३६०

 

 

२.      बारा, मिति २०८०/०२/१८ गते अं.१३:४० बजेको समयमा अ.प्र.पोष्ट डमरवानाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले जि.बारा जितपरसिमरा उ.म.न.पा.१६ लामिडाँडा बस्ने बालगोविन्द हजराको छोरा अं. वर्ष २२ को सुरज पासवान, वन मुद्दा फरार प्रतिवादी लागत-३३१८ र जरिवाना रु. १९६५/- भएकोलाई निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का सिमारामा बुझाईएको ।

 

३.      रौतहट, मिति २०८०/०२/१८ गते अं.११:०० बजेको समयमा जि.रौतहट बौधिमाई न.पा.१ बौधा बस्ने चोरी मुद्दामा प्रयोग हुने औजार लिइ हिंडेको कसुर मुद्दाका फरार प्रतिवादि दहाउर साह कल्वारको छोरा अं.वर्ष २५ को श्यामसुन्दर जैसवाल आफ्नै गाँउ घरमा लुकिछिपि बसेको छ भन्ने खबर गोप्य सूचनाको आधारमा ई.प्र.का. गरुडा रौतहटमा प्राप्तहुना साथ ई.प्र.का. गरुडा तथा इ.प्र.का.कोपवापिपरियाबाट खटि गएको संयुक्त टोलिले घर नजिकै रहेको बजारबाट नियन्त्रणमा लिइ ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

 

४.      सर्लाही, मिति २०८०।०२।१८ गते १४:०० बजेको समयमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ई.प्र.का. केशरगंज सर्लाहीको संयुक्त टोलीले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाडौंको च.नं. १०९५५, २०८०।०२।१७ गतेको पत्रादेशानुसार मिति २०७०/०६/२९ गते अं.०९:५० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं.१० बगाहा खोलाको पुल मुनी जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.बि.स. वाड नं. ५ घर भई हाल जिल्ला नवलपरासी आदर्श गा.बि.स. वाड नं. २ बस्ने तुल बहादुर परियारको छोरी बर्ष २५ की कल्पना परियार मृत अवस्थामा फेला परेको र सो घटनामा संलग्न जिल्ला सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्ति बयलवास बस्ने बर्ष ४० को नरेश चौधरी आफनो वडा एरियामा लुकि छिपी बसेको छ भन्ने सुचनाको आधारमा निज प्रतिवादी नरेश चौधरीलाई खोज तलास गर्ने क्रममा सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्त बयलवासबाट पक्राउ गरी अनुसन्धानको लागी प्र.स.नि. वशिम राजा र प्र.ह. नर बहादुर थापाको जिम्मा लगाई  ई.प्र.का मिर्चेया सिराहा पठाईएको

 

५.      सिरहा, मिति २०८०।०२।१८ गते अं. ११:०५ बजेको समयमा प्र.चौ. खिरौना सिरहाबाट प्र. स. नि. को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाबाट मिति २०७१।०७।१९ गतेको फैसला अनुसार क्रम संख्या ३७४२ , लागत न. ६८४० लेनदेन मुद्दामा रु. २०,०००/– जरिवाना तोकि फरार रहेका प्रतिवादी जिल्ला सिरहा सिरहा  न.पा. १५ बुधौरा बस्ने शिवनाथ यादवको छोरा वर्ष ५५ को फनिलाल यादवलाई निजकै घर, वतनबाट पक्राउ गरी आवश्यक कार्वाहिको लागि जिल्ला अदालत सिरहामा दाखिला गराएको ।

 

६.      सप्तरी, मिति २०८०।०२।१८ गते अं. ०८:३० बजे अ.प्र.पो. राजदेवी राजबिराज सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई जालसाज मुद्दाको जरिवाना ३,७५०००/– (तिन लाख पच्हत्तर हजार) तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी राजबिराज न. पा. १ डुमरी बस्ने अं.बर्ष ५० को एकनाथ यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सप्तरीमा बुझाएको । 

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, मिति २०८०।०६।१६ गते ०१:०० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मू.रू. ७७,३६,०५७/- (सतहत्तर लाख छत्तीस हजार सन्ताउन्न रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०६।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७

१.      बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।  २.      बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६० के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१७

१.      पर्सा, मिति २०८०/०६/१५ गते राती अं. २३:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.१० टाउन हल नजिक रहेको गल्लीमा ला.औ. सेवन भैरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.ऐ. ७ रामटोल बस्ने वर्ष २० को ओमप्रकाश साह र ऐ.ऐ. बस्ने वर्ष २३ को सुनिल सहनीलाई फेला पारी चेकजाँच गर्दा ओमप्रकाश साहले हाप पाईन्टको खल्तिमा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ०.०१० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागी मिति २०८०।०६।१६ गते जि.प्र.का. कन्ट्रोलमा बुझाएकोमा कन्ट्रोल मार्फत जानकारी प्राप्त भएको ।  २.      पर्सा, मिति २०८०/०६/१६ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा. २१ बिरगंज पथलैया सडकखण्डमा ला.औ.ब्युरो शाखा कार्यालय बिरगंजबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.ऐ.२८ बगही बस्ने जंगी साहको छोरा वर्ष ४४ को फागु साहको साथबाट लुकाईछिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १० ग्राम फेला पारी धुलो पदार्थ सहित  नियन्त्रणमा लिई प्र.चौ. परवानीपुर, पर्सामा बुझाएकोमा थप अनुसन्धानको लागी जि.प्र.का.मा पठाएको ।  ३.      पर्सा, मिति २०८०/०६/१६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा २ छटीओन टाडी स्थितमा प्र.चौ. बडनियार, पर्साबाट प्र.स.नि को कमाण्डमा खटिएको टोलिले जि .पर्सा पर्सा गढी न.पा २ छटोओन टाडि बस्ने बिश्वमान श्रेष्ठको छोरा वर्ष २३ को बिपिन श्रेष्ठ र ऐ. ऐ. ओरिमा टोल बस्ने दिपक थापाको छोरा अं. वर्ष २३ को दिपेन थापाको साथबाट नाईट्राभेट ३ पत्ता जम्मा ४५ पिस मध्य ८ पिस प्रयोग गरेको जम्मा ३७ पिस सहित फेला पारी  दुवै जना मानिसलाई नियन्त्रणमा  लिई ई.प्र.का.पटेर्वासुगौली पठाईएको ।  सर्लाही, मिति २०८०।६।१६ गते अं.१०:२५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा. ५ बारान टोलमा बयलबासबाट फुलजोर तर्फ जाँदै गरेको BR30R9039 नं.को मो.सा.लाई ई.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याईएको १०० ml को २०२ बोतल Wincerext नामक लागु औषध सहित मो.सा. चालक जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने तुल्सी पासवानको छोरा अं. वर्ष २७ को कारी पासवान र मो.सा. पछाडी सवार जि.सर्लाही ब्रहम्पुरी गा.पा.५ बस्ने गणेश प्रसाद पासवानको छोरा अं. वर्ष २०को अग्लेक्स पासवान सहित मो.सा.नियन्त्रणमा लिए ई.प्र.का. केशरगंजमा राखिएको ।