श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण
२०८०-०२-१९
- A
- A-
- A+
१. सर्लाही, मिति २०८०।०२।१८ गते अं. १८:४५ बजेको
समयमा विशेष सुराकीको सुचनाको अधारमा जि.प्र.का. सर्लाहीबाट प्र.ब.ना.नि.को
कमाण्डमा ५ जनाको टोली खटि गई जि. सर्लाही मलंगवा न.पा. ८ स्थित प्र.चौ. गोरखकाली
नजिकै मलंगवाबाट भारत सोनवर्षा तर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नं.
को मो.सा. हरुलाई शंका लागि मो.सा. मा
सवार गरि आएका निम्न व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा भा.रु. २,५०,०००/- र नेपाली
रु. १,७०,०००/- श्रोत नखुलेको रकम फेला पारी बरामद गरि निम्न स्थान बस्ने निम्न
मानिसहरु, श्रोत नखुलेको नगद र दुवै मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.
सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको ।
निम्न:
१) जि. सर्लाही हरिवन न.पा. २ बस्ने खड्क बहादुर कार्कीको
छोरा अं. वर्ष २३ को ईन्द्र बहादुर कार्की ।
२) ऐ.ऐ. बस्ने गणेश बहादुर दर्लामीको छोर अं. वर्ष २८ को
कमल दर्लामी ।
३) ऐ.ऐ. बस्ने गोबिन्द तामाङको छोरा अं. वर्ष ३४ संजिब
तामाङ ।
४) ऐ.ऐ. बस्ने शेर बहादुर दर्लामीको छोरा अं. वर्ष २५ को
लेख बहादुर दर्लामी
५) ऐ. लालबन्दी न.पा. १
नवलपुर घर भई हाल ईश्वरपुर न.पा. ८ बयलबास बस्ने एआजुल साहको छोरा मलंगवा बाबा अटो
सर्भिस (मलंगवा न.पा. ८) बस्ने अं. वर्ष ३१ को नुरहसन साह