प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

१.   सिरहा, मिति २०८०।०२।२२ गते अं. १०:३० बजेको समयमा अ.प्र. पोष्ट कसहा सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले लागत नं. ५०९४, कर्तव्य ज्यान मुद्दामा रु.३००/- जरिवाना तोकि फरार रहेको प्रतिवादी जिल्ला सिरहा धनगढीमाई न.पा.७ बस्ने रबिया यादवको छोरी वर्ष २६ की सुलेखा देवी यादवलाई निजकै घरबाट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा दाखिला गराएको ।

२.      बारा, मिति २०८०।०२।२२  गते अं. १४:०० बजेको समयमा जिल्ला बारा कोल्हबी न.पा.८ काठगांउ बारा बस्ने लक्ष्मी चौधरीको छोरा बर्ष अं. ३७ को जगनारायण चौधरीलाई जिल्ला अदालत कलैया बाराको लगत नं.३०९६ मिति २०७५।०३।२४ गतेको फैसलाले ४५ दिन कैद र नगद रू. २१,०२९/३३ जरिवाना तोकिएको बन मुद्दाको फरार प्रतिवादीलाई ई.प्र.का. कोल्हवी मातहत प्रहरी चौकी मधुवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै  घरबाट पक्राउ गरी ई.प्र.का. कोल्हवी बाराको नियन्त्रणमा राखिएको ।

३.      सिरहा, मिति २०८०/०२/२२ गते अं. १२:०० बजे जि. सिरहा लक्ष्मीपुर पतारी गा.पा.३ स्थितबाट विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरुलाई ई.प्र.का. महेशपुरपतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलीले निजहरुको घर वतनबाट पक्राउ गरी लगत कट्टाको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको ।

४.      सप्तरी, मिति २०८०।०२।२२ गते अं. १५:०० बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. २ बरमझिया बस्ने यौन दुर्व्यवहार मुद्दाको लगत नं. ८८८ को जरिवान रु. २५।– र सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाको लगत नं. १७८० को कैद १ वर्ष, जरिवाना रु. ५०/- गरी दुवै मुद्दाको फरार प्रतिवादी अं. बर्ष ३०।३५ को गोविन्दर प्रसाद हलुवाईलाई ई.प्र.का. कंचनपुरबाट खटिएको प्रहरी टोलीले बरमझिया बजार स्थितबाट पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा पठाईएको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०३

१.     सिरहा, कर्जन्हा नगरपालिका २ बन्दीपुर स्थित श्री फुलकुमारी माध्यामिक बिद्यालयको गेट अगाडीबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २८० मिलि ग्राम सहित जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ बस्ने बर्ष २० को रौसाद राईन, जिल्ला सिरहा कर्जन्हा न.पा. ३ बस्ने बर्ष २४ को समिर बोगटी र बर्ष २० को सरोज भन्ने शरद महरालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका २१ पथलैया चोक स्थितबाट लागू औषध गाजाँ २६ के.जी. सहित देश भारत बिहार राज्य सुमौली बस्ने वर्ष ३० को दिपक चन्द्र देव र जिल्ला मकवानपुर राकसिरान न.पा.२ बस्ने वर्ष २८ को अन्जन शाहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ च ५७० नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त लागू औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०१

 १.      बारा, जितपुसिमरा उपमहानगरपालिका १ पथलैयाचोक स्थितबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट १० पत्तामा ३०० पिस ट्याब्लेट सहित जिल्ला बारा आदर्शकोतवाल नगरपालिका ४ बस्ने बर्ष २३ को शोभरात्री मन्सुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट निजगढ तर्फ जाँदै गरेको अवस्थामा चेक जाँच गर्दा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     पर्सा, पटेर्वा सुगौली गाउँपालिका ४ देउरियाबाट अकवा जाने बाटोको हनुमान मन्दिर छेउमा बेवारिसे अवस्थामा रहेको चरेस जस्तो देखिने पदार्थ अं. २० किलो बराबरको सेतो बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा सोमबार राती प्रहरीले बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोलि प्रहार गरी खुनखार डाँका नियन्त्रण
२०८१-०३-३१

महोत्तरी, सोनमा गा.पा.५ खैरवनी स्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट खुनखार डाँका जिल्ला सर्लाही लालाबन्दी न.पा.२ बस्ने अं.बर्ष ४० को विजेन्द्र पासवनलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट प्र.नि.को कमाण्डमा खटि गएको प्रहरी टोलिले खुनखार डाँकालाई खोजतलास गर्ने क्रममा जम्का भेट भई डाँका गर्ने व्यक्ति भाग्न उम्कन खोज्दा नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोलि प्रहार गरी निज डाँका गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।