चोरीमा संलग्न मानिस पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
सिरहा, मिति
२०८०/०२/२३ गते राती अं.०३:३० बजे जिल्ला सिरहा नराह गा.पा.५ बर्छवा बस्ने शिव शंकर साहको घरबाट
निजको स ६ प ५२३८ नं.को रातो रंगको डिष्कवर मो.सा. चोरी भएको र उक्त मो.सा.स्टार्ट
नभए पश्चात ऐ.बस्ने दया शंकर यादवको ग्यारेजमा मर्मतको लागी देश भारत बिहार राज्य
जि.मधुवनी कमलावारी ११ बस्ने बिशुन देव यादवको छोरा अं. बर्ष २० को सचिन कुमार
यादवले (हाल नराह गा.पा.५ दिदी भिनाजुको घरमा बस्दै आएको) ल्याएको भन्ने जानकारी
निज ग्यारेज साहुले ऐ.०५:०० बजे ई.प्र.का.नराह सिरहामा फोन
मार्फत जानकारी गराउना साथ ई.प्र.का.नराह बाट प्र.ना.नि.को टोली खटी गई निजलाई उक्त
मो.सा. समेत पक्राउ गरी अनुसन्धान गर्दा निजले ऐ. बस्ने दिलिप कुमार यादवको बा ६ च
४८१ नम्बरको कारको सिसा र लक समेत फुटाएको भनी खुल्न आएकोले निजलाई ई.प्र.का. नराहमा
ल्याई थप अनुसन्धान भईरहेको ।