वेवारिसे गोली फेला परेको सम्बन्धमा
२०८०-०२-२८
- A
- A-
- A+
पर्सा, मिति २०८०।०२।२८ गते अं.०८:३०
बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित वीरगञ्ज
महानगरपालिकाको JCB को सहयोगमा नाली सफा गर्ने क्रममा
फोहोरमा शंकास्पद रूपमा प्लाष्टिकको झोला फेला परेको सूचना प्राप्त हुनासाथ
तत्कालै जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी आदर्शनगर पर्साबाट खटिएको टोलीले
स्थानीय प्रतिनिधीहरूको रोहबरमा उक्त प्लाष्टिकको झोला खोली हेर्दा विभिन्न
प्रकारका हतियारमा प्रयोग हुने गोली हर्नेटको गोली – १७ राउण्ड, SLR-४ राउण्ड, 9MM – ३२ राउण्ड, ३८ बोरको-२४ राउण्ड, 45MM-४ राउण्ड, Federal-८ राउण्ड, Winchester-५ राउण्ड, 7.65*54mm-३ राउण्ड, 7mm -१ राउण्ड र बिग्रेको खोका-४ राउण्ड गरी जम्मा १०२ राउण्ड फेला परेको
हुदाँ उक्त गोली कानूनी रीतपुर्याई बरामद गरी जि.प्र.का.पर्सामा ल्याई थप
अनुसन्धान कार्य भैरहेको ।